
काठमाडौँ महानगरपालिकामा विभिन्न राजनीतिक दलले स्थानीय तहको जनप्रतिनिधिका लागि मङ्गलबार उम्मेदवारी मनोनयन दर्ता गर्दै । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधिका लागि मङ्गलबार मनोनयन दर्ता सुरु भएको छ । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १९ वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ ।
दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
पार्टीले काठमाडौँ महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको उहाँले बताउनुभयो ।
यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं. ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणको निर्वाचन हुने तीन प्रदेशमा चाार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा एक सय ८६ गाउँपालिका छन् ।
माओवादी केन्द्रबाट उम्मेदवारी
नेकपा (माओवादी केन्द्र)ले चार वटै महानगरपालिकाका उम्मेदवार चयन गरेको छ ।
जिल्ला समितिको सिफारिसमा आज बिहान सबै महानगरपालिकाका उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ । माओवादीले काठमाडौँका प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । डङ्गोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्जसमेत हुनुुहुन्छ । उपप्रमुखका प्रत्याशा पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ ।
यस्तै ललितपुर महानगरपालिकामा दिनेश महर्जन प्रमुख र उपप्रमुखमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि दाहालका अनुसार जिल्लाका सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ ।
ललितपुर महानगरका प्रमुखका उम्मेदवार महर्जन पार्टी ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ । उपप्रमुखका उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील हुनुहुन्छ ।
यस्तै भरतपुर महानगरका प्रमुखमा रेणु दाहाललाई पतथा उपप्रमुखमा ईश्वर सापकोटालाई उठाइने भएको छ । प्रमुखका उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सापकोटा स्थानीय नेता हुनुहुन्छ ।
यस्तै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । यस्तै उपप्रमुख उम्मेदवार गोमा ढकाललाई अगाडि सारिएको छ ।
पोखरा लेखनाथ महानगरका प्रमुखका प्रत्याशी लामिछाने पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष हुनुहुन्छ । पोखराको परिचयका रुपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पार्नुभएका उहाँ माओवादी केन्द्रका नेता हुनुहुन्छ । यस्तै उपप्रमुखका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील हुनुहुन्छ ।
काठमाडौँमा उम्मेदवारी दर्ता जारी
काठमाडौँ, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ ।
बिहान १० बजेदेखि काठमाडाँै महानगरपालिकासहित १० वटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडाँै महानगरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भिड रहेको छ । महानगरको राष्ट्रिय सभागृहमा पार्टीका नेता तथा कार्यकर्ता मनोनयन दर्ता गर्ने क्रममा आइरहनुभएको छ ।
काठमाडाँै महानगरका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद दाहालका अनुसार अहिलेसम्म छ जनाले प्रमुख र तीन जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँका अनुसार प्रमुख पदमा राष्ट्रिय जनमोर्चाबाट डा निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रञ्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल तथा स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् ।
मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार अहिलेसम्म करिब दुई सय जनाले वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसक्नु भएको छ ।
काठमाडाँै महानगरमा ३२ वडा छन् । विसं २०५४ पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवारी दर्ता गराइरहनुभएको छ ।
यसैगरी कीर्तिपुर, टोखा, शङ्खरापुर, नागार्जुन, दक्षिणकाली, चन्द्रागिरि, बुढानीलकण्ठ, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र तारकेश्वर नगरपालिकामा पनि उम्मेदवारले उम्मेदवार दर्ता गराइरहनुभएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी