
काठमाडौँ, ४ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई आइतबार राति आयोगको वेवसाइटमा राखेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३१ गते आइतबार तोकिएको छ ।
स्थानीय तह निर्वाचनमा २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएका मतदाताले मात्रै मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ ।
आयोगले सातवटै प्रदेशका ७५ वटै जिल्ला र ७४४ वटै स्थानीय तहको एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको विवरणलाई अन्तिम रूप दिई मतदाताको जानकारीका लागि वेवसाइटमा राखिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
मतदाताले आयोगको वेवसाइट www.election.gov.np मा गई मतदाता नामावलीमा रहेको आफ्नो नम्बर र जन्म मिति राखेर आफ्नो विवरण हेर्न सकिनेछ ।
स्थानीय तहको पुनःसंरचना भएबाट मतदाताको ठेगाना परिवर्तन भएको हुँदा त्यसलाई मिलाउन आयोगलाई बढी समय लागेको जनाइएको छ । नयाँ संरचनाअनुसारको स्थानीय तहको नाम र वडा खुल्ने गरी मतदाताको नामावलीलाई अद्यावधिक गरिएको छ ।
आयोगका अनुसार मतदाता नामावलीको छपाइ कार्य आयोगकै छापाखानाबाट भइरहेको छ र आज दिउँसोसम्म ६७ जिल्लाको मतदाता नामावली छाप्ने कार्य सकिएको छ ।
यसैगरी मतदाताको फोटोसहितको मतदाता परिचयपत्रको छपाइ कार्य पनि आयोग परिसरमा भइरहेको छ । आजसम्म ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइ कार्य पूरा भएको छ ।
मतदाता नामावली ऐन २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य छ । आयोगले मतदाता परिचयपत्र मतदाताले मतदान गर्ने केन्द्रबाटै पाउने गरी यही वैशाख २८ गतेबाट वितरण गर्ने योजना बनाएको छ ।
मतदाता परिचयपत्र लिन मतदाता आफैँ उपस्थित हुनुपर्नेछ । आफू उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो परिवारका सदस्य यकीन गरी निजले बुझी लिनसक्ने व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने