लन्डन । चौधरी ग्रुपद्वारा सञ्चालित काठमाण्डौंस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बेलायतमा एउटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । नर्भिकलाई युरोप बिजनेश एसेम्बलीले ‘वेष्ट रिजनल हस्पिटल्स् अवार्ड २०१७’ प्रदान गरेको हो ।
गत २८ मार्चमा लन्डनमा आयोजित एक विशेष समारोहमा अस्पतालका निर्देशक पारस शाक्यले अवार्ड ग्रहण गरे । ५४ देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा अवार्ड वितरणसहित शिक्षा, स्वास्थ्य तथा व्यवसाय सम्वन्धि अन्तरक्रिया समेत भएको थियो ।
शाक्य र नर्भिकलाई वधाइ दिन एभरेष्ट इन ग्रुपले बिहीबार सांझ लन्डनस्थित एभरेष्ट इन रेष्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा
शाक्यले अवार्ड ग्रहणपछि अझ गुणस्तरिय सेवा प्रदान गर्न चुनौती थपिएको बताए । ‘हामी जे गर्छौं त्यही कुरामा उत्कृष्ट हुन चाहन्छौं’, शाक्यले भने, ‘नर्भिकले विश्वभर छरिएर रहेको नेपाली समुदायलाई प्रत्यक्ष अप्रत्यक्ष केही सहयोग गर्न सक्यो भने त्यो उपलव्धि ठान्नेछ ।’ उनले अवार्ड दिलाउनुमा आफ्नी जीवनसंगिनी एवं हस्पिटलकी प्रवन्ध निर्देशक मेघा चौधरी शाक्य र समस्त टिमको कडा परिश्रम रहेको भन्दै उनीहरुप्रति आभार व्यक्त गरे ।
सन् १९९४ मा ३० बेडबाट हार्ट कमाण्ड सेन्टरका रुपमा शुरु भएको नर्भिक हस्पिटलमा अहिले १५० बेड (शैया) छन् । कार्डियोलोजी, कार्डिक सर्जरी र न्यूरो सर्जरी गर्ने नेपालको निजी उक्त अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको छ ।
कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, एभरेष्ट इन ग्रुपका अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी, विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष पण्डित चिरन्जिवी ढकाल, व्यवसायीहरु महन्त श्रेष्ठ, यादव भण्डारी, सहारा यूके संस्थापक अध्यक्ष नवीन गुरुङ, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष प्रशान्त कुंवर, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, सञ्चारकर्मीहरु नवीन पोखरेल, कुशल श्रेष्ठ लगायतले शाक्यलाई बधाइ दिएका थिए ।
सहभागीले नर्भिक व्यवस्थापनलाई आफ्नो स्वास्थ्य सेवा देशका अन्य ठाउंमा पनि विस्तार गर्न आग्रह गरे । कतिपय सहभागीले प्रवासमा रहेका गैर आवासीय नेपालीका वृद्धवृद्धा आमाबाबुका लागि नेपालमा नर्भिक जस्तै केयर होमको आवश्यकता औंल्याएका थिए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई