
स्थानीय निर्वाचनको बारेमा जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा स्थानीय निर्वाचनको बारेमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवलगायत । तस्बिर ः प्रदपराज वन्त, रासस
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तयारीबारे आज निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।
बालुवाटारस्थित आफ्नै निवासमा उहाँले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गर्नुभएको हो ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“आयोगको यो नियमित भेटघाट हो, निर्वाचन सम्बन्धी अयोगले अहिलेसम्म गरेको तयारीबारे छलफल भयो,” उहाँले भन्नुभयो– “निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो ।”
प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक वातावरण बनाईदिन आयोगले गरेको आग्रहमा प्रधानमन्त्रीले राजनीतिक सहमतिको वातावरण बनाउन दिनरात लागि परेका छौँ, सहमतिको अनुकूल वातावरण बन्नेमा विश्वास दिलाउनुभएको छ भन्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार तयार रहेको बताउँदै यसका लागि सरकारले सुरक्षा कार्ययोजना तयार गरिसकेकाले निर्धक्क भएर निर्वाचनमा होमिन आयोगलाई आग्रह गर्नुभयो ।
तराई–मधेसमा निर्वाचनको वातावरण बनाउन राजनीतिक सहमतिको अन्तिम प्रयास भइरहेको र त्यो छिटै नै सहमतिको बिन्दुमा पुगिने विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताउनुभयो ।
साना राजनीतिक दलले निर्वाचन चिह्न नपाएको गुनासो गरिरहेको छ नी भनी सोधेको जिज्ञासामा आयुक्त यादवले भन्नुभयो, “आयोगले संविधान र कानुनको आधारमा निर्वाचन चिन्ह प्रदान गरेको छ, केही दलले कानुनको कारणले निर्वाचन चिह्न प्राप्त गर्न नसकेको हो, त्यसका लागि अहिले केही गर्न सक्दिैन् किनभने आयोगले ५१ जिल्लाको मतपत्र छापिसकेको छ, मतदाता नामावलीको सूची पनि तयार भइसकेको छ ।”
निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली र मतदान केन्द्रलगायत सबै तयारी भइसकेको तथा वैशाख ३१ को निर्वाचन सम्पन्न गराउन सरकारका तर्फबाट पनि पूर्ण सुरक्षाको प्रत्याभूति आएको आइसकेको छ उहाँले भन्नुभयो ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी हुनुहुन्थ्यो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित