लन्डन । सन् २००३ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापना हुनुभन्दा अगाडि नेपालमा लगानी नभएका होइनन् । तर, संघ स्थापनापछि नेपालमा लगानी गर्ने होहल्ला भने पक्कै बढेको छ । त्यसमा संस्थापकहरुलाई यहां म धन्यवाद नदिइरहन सक्दिन । त्यतिमात्रै नभएर एनआरएनलाई नचिन्नेहरुले पनि राम्रोसंग चिन्ने मौका पाए जुन करोडौं रुपैयां खर्च गरेर भएपनि पाउन पक्कै सम्भव थिएन । यसअलवा आफ्नो व्यवसाय फैलाउन पनि संघले मद्दत गरेकामा दुईमत छैन् ।
सुनिन्छ, एनआरएन अगुवाहरुले अत्यधिक सफल हुने व्यवसायमा लगानी गर्न कसैलाई पनि सुईंको दिंदैनन् । तर लगानी जुटाउन सबै देश घुम्न बांकी पनि राख्दैनन्, जसबारे सबैलाई ज्ञान छ ।
यहां म कसैलाई गाली र नराम्रो देखाउन यो लेख लेख्न लागेको होइन । कमाउनुस्, देशमा लगानी बढाउनुहोस्, रोजगारी सृजना गर्नुहोस् र देशको हितमा काम गर्नुस् र भएको नाफाले थप व्यवसाय पनि नेपालमै गर्नुहोस् भन्ने मात्र सन्देश दिन खोजेको हो ।
प्रसंग म आफ्नैबाट शुरु गर्छु । अवसरको खोजीमा जसरी गाउंबाट शहर पसियो, त्यसैगरि काठमाण्डौंबाट पनि विदेश आउने मौका मिल्यो । जसले जे भनेपनि म मेरो व्यवसाय विस्तार गर्न र थप आर्थिक लाभ लिइ केही सिकौं भनेर बेलायत प्रवेश गरेको थिएं । विगत दशक भन्दा लामो बसाइपछि जन्मभूमि देश र आफ्नो लागि थप केही गरौं भन्ने उद्देश्य लिएर गत वर्ष बेलायतस्थित व्यवसायीहरुको सानो टोलीका साथ नेपाल गएं । बेलायतमा नर्सिङ व्यवसाय गरेको अनुभव नेपालको परिप्रेक्ष्यमा अझ बढि आवश्यक तथा अवसर देखेका कारण केही पुराना साथीहरुको सम्पर्क बढाउन थालें । तर दुर्भाग्य भनौं बीसौं वर्षदेखि चिनेको साथीबाट धोका भएर मेरो गत वर्ष शुरु गर्नुपर्ने योजना केही ढिला हुन गयो, यसमा शुभचिन्तकहरुप्रति क्षमायाचना ।
यही सिलसिलामा केही साथीहरुसंग मेरो तीतो अनुभव सुनाउंदा थुप्रै सुनिन आए । नाम नबताउने शर्तमा बेलायतवासी नेपालीहरुका एकजना अभिभावकले सुनाएको गुनासोले मेरो आंखा रसाए । ६ दशक उमेर पार गरिसकेपछि अवकासप्राप्त जीवनमा यत्तिकै बस्नुभन्दा बरु नेपालमा व्यवसाय गरि देशको लागि केही गरौं भनेर नेपाल जांदा उहांलाई आफ्नै सहपाठीले धोका दिएर लाखौं गुमाउनुभएछ । अहिले उहां नेपालमा लगानीको ‘ल’ उच्चारण गर्दा पनि आक्रोशित हुनुहुन्छ ।
अर्का मेरा एकजना असल मित्र बेलायतका सफल व्यवसायी हुनुहुन्छ, जो समाजसेवीमा पनि अहोरात्र खटिरहनुभएको छ । उहांको नेपालमा धेरै लगानी छ । तर, दुर्भाग्य एक दुई ठाउं बाहेक अधिकांश व्यवसायमा खन्याएको पैसा डुबिसकेको तीतो अनुभव उहांसंग छ । लगानी डुबेको पनि ठूला भनाउंदाहरुबाटै । अहिले मेरो मित्र न ति ठूलाबडा साथीहरुको नाम लिन सक्नुहुन्छ न त कानुनी कारवाही । अहिले उहांलाई ‘नखाउं भने दिनभरिको शिकार, खाउं भने कान्छा बाबुको अनुहार’ उखान जस्तै भएको छ ।
यसरी करोडौं डुब्दा पनि न त संघ एक शब्द बोलेको छ, न त सुरक्षित लगानीबारे जनचेतना नै । यी यावत झन्झट, लगानी डुब्ने डर, साथीभाइसंग सम्वन्ध चिसिने चिन्ता आदि हुंदा हुंदै पनि प्रतिफलको हिसावले नेपालमा लगानीका थुप्रै क्षेत्रहरु नभएका होइनन् । अन्त पांच वर्षमा प्रतिफल प्राप्त गर्न नसक्ने यो ठाउंमा एकै वर्षमा लगानी फिर्ता लिन सकिने थुप्रै अवसरहरु छन् । त्यसैले नेपालमा लगानी गर्दा सम्बन्धित क्षेत्रको दक्षता, लामो अनुभव बटुलेर सफलता हासिल गरिसकेको व्यक्ति र प्रतिभावान व्यक्ति छान्नुपर्छ । अनि एक पैसा दिंदा पनि व्यक्तिको खातामा नराखी सिधै कम्पनीको खातामा राख्ने र यदि शेयरमा लगानी हो भने शेयरको सर्टिफिकेट र कानुनी प्रक्रिया पुरयाए लगानी डुब्ने सम्भावना कम हुन सक्छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु