लन्डन । वेलिङटन ब्यारेक्सबाट करिब डेढ सय गोर्खा सैनिकहरु ब्रिगेड व्यान्डको सुमधुर धुनमा कवाज खेल्दै बकिङहाम प्यालेस प्रवेश गरिरहंदा दरबार परिसरमा करिब १५ हजार दर्शक एकत्रित भइसकेका थिए ।
६८ वर्षीय प्रिन्स चाल्स र उनका छोरा ३२ वर्षीय प्रिन्स हयारीको बाहुलीबाट पदक ग्रहण गर्न गोर्खाहरु निकै उत्साहित देखिन्थे । लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, उनकी धर्मपत्नी, दूतावासका मिलिटरी अट्याची समेत सभाकक्षमा उपस्थित थिए ।
गत वर्ष अफगानिस्तान राजधानी काबुलमा शान्ति सुरक्षार्थ खटिएका
रोयल गोर्खा राइफल्स सेकेन्ड बटालियन (टुआरजिआर) का करिब डेढ सय गोर्खा सैनिकलाई हयारी र चाल्र्सले विशेष सम्मान ‘अपरेशनल सर्भिस मेडल’ प्रदान गरे । गत वर्ष गणपति लेफ्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएको दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भ देखि नै नेटो संगठनबाट त्यहां खटिएका विभिन्न प्रतिनिधिलाई सुरक्षा प्रदान गरेको थियो ।
आठ महिना लामो ‘अपरेसन टोरल’ का लागि गोर्खा काबुल खटिएका थिए । ति गोर्खाहरुले नन कम्ब्याट रोलमा अफगान मन्त्री र वरिष्ठ अधिकारीहरुलाई सुरक्षा सल्लाह दिन र अफगान नेशनल आर्मी अफिसर्स एकेडेमीमा सुपरिवेक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काबुल सुरक्षा बलका लागि बटालियनको भूमिका महत्वपूर्ण थियो ।
समारोहका आकर्षण थिए रोयल गोर्खा राइफल्सका कर्णेल इन चिफ द प्रिन्स अफ वेल्स चाल्स र हयारी । उनीहरु दुबैको गोर्खासंग घनिष्ट सम्बन्ध छ । गोर्खाहरुले विगत दुई सय वर्षदेखि ब्रिटिश फोर्समा संलग्न रहेर विभिन्न देशका प्रमुख द्वन्द्वमा सहभागी भइ बहादुरी र इमान्दारिता देखाएका कारण राजपरिवारको नजरमा गोर्खा सैनिक सधैं प्रशंसाका पात्र छन् ।
सम्वोधनका क्रममा राजकुमार चाल्र्सले गोर्खा सैनिकहरुले बेलायती राजमुकुटका लागि सेवा गरेको दुई सय वर्ष पुगेको स्मरण गर्दै अझै निरन्तर सेवा गरिरहन आग्रह गरे । उनले आफू धेरै वर्ष अघि नेपाल गएको बताउंदै हिमालको सम्झना आइरहेको समेत सम्झिए ।
गोर्खा सैनिकमा १५ वर्ष कर्तव्यनिष्ठ भई उदाहरणीय काम गरेकामा राजकुमार हयारीले धन्यवाद दिंदै भने–‘सैनिक लगनशिलता, मिहिनेत, अनुशासन, कर्तव्यपरायण सैनिक जीवन अति नै महत्वपूर्ण हुन्छ ।’
सन् १९९४ मा बडामहारानीले रोयल गोर्खा राइफल्सलाई निशानी माई उपहार दिएकी थिइन् । उक्त निशानी माईसहित क्याप्टेन डिल्लीकुमार राई, सार्जेन्ट सन्त लिम्बु, लिलाराज लोक्समलगायत टोलीले कवाज प्रस्तुत गर्दै परेड मास्टर बटालियन गणपति लेप्टिनेन्ट कर्णेल जेसी मुरेले राजपरिवारलाई शाही सलामी दिएका थिए ।
समारोहमा तल्लो अधिकृतको रुपमा दुई दशक लामो समयमा इमान्दार, बहादुर र कर्तव्यनिष्ठ भई उदाहरणीय सैनिकको संज्ञा पाएका संखुवासभाका क्याप्टेन छत्र लिङथेवलाई गोर्खा इतिहासमै पहिलो प्रशंसनीय पदक प्रदान गरिएको छ ।
दरबारको भव्य सभाहलमा द्वन्द्वग्रस्त राष्ट्रहरु अफगानिस्तान, इराक, सेरालियोन जस्ता मुलुकमा ७२० दिन अहोरात्र सुरक्षामा खटिएका दोस्रो गोर्खा बटालियनका प्रमुख लेप्टिनेन्ट कर्णेल जेसी मुरे, मेजर डेनिल ओकर्ण, साम मिडोज, यातायात प्रमुख क्याप्टेन कृष्ण लोक्सम, वारेन्ट अफिसर वसन्त राई, कलर सार्जन्ट श्री जिमी, वसन्तकुमार राई, कर्पोरल विनोदकुमार राई, रुपेन्द्र राई, सुरज वालिङ राई, खिम थापा र धनप्रसाद घलेलाई अति विशिष्ट पदक (अकुमुलेटेड क्याम्पियन सर्भिस मेडल) प्रदान गरियो । सन् २००८ जनवरी अघि यो पदक प्राप्त गर्न हरेक सैनिकले द्वन्द्व ग्रस्त राष्ट्रहरुमा एक हजार ८० दिन सेवा गरेको हुनुपर्दथ्यो ।
उक्त अवसरमा मेजर वल्डफिल्ड, कलर सार्जन्ट सन्जय राई, कर्पोरल हरि राई, चन्द्र गुरुङ, टंक मगर गुड कन्डक्ट पदकले सम्मानित भए ।
ब्रिगेड अफ गोर्खाजका कर्णेल रविन्सनले हरेक वर्ष रोयल गोर्खा राइफल्स भित्रका उत्कृष्ट सार्जन्टले पाउने प्रिन्स अफ वेल्स खुकुरीको उपाधि यस वर्ष दोस्रो गोर्खा रेजिमेन्टका कलर सार्जन्ट राज राईलाई दिने घोषणा गरेका छन् ।
दरबार जान सम्पूर्ण कार्यक्रम संयोजन उक्त बटालियनका रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान संगम राईले गरेका थिए भने कवाज कार्यक्रमको निर्देशन गोर्खा मेजर गजेन्द्र आङदेम्वेले गरेका थिए ।
ब्रिगेड अफ गोर्खाजमा हाल करिब तीन हजार पांच सय गोर्खा सैनिक छन् । दोश्रो गोर्खा बटालियन अर्को मिसन अन्तर्गत आगामी जुलाई अन्तिमतिर ३ वर्षका लागि ब्रुनाई राजपरिवारका निम्ति विशेष सुरक्षा दिन प्रस्थान गर्ने योजना छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न