मंगलबार, कार्तिक ४ २०७७ | Tue, October 20, 2020
नेपालको समय: ०५:४२ | UK Time: 00:57

हर्षोल्लासका साथ मनाइयो होली

वीनेपाली
२०७३ फागुन ३० गते ०:५२

फागुपूर्णिमाको अवसरमा काठमाडौँको ठमेलमा आइतबार होली खेल्दै युवायुवती । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, २९ फागुन । ऐतिहासिकस्थल वसन्तपुर दरबार क्षेत्रमा हजारौँ नेपाली एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटेर हर्षोल्लासपूर्वक फागु मनाए ।

विभिन्न भाग भङ्गीमा अबिरले पोतिएका नारी पुरुष, बालक, वृद्धा कोही छुटेनन् आफ्ना सुरिला गीत गुनगुनाउन । परम्परागत पोसाक होइन ‘ह्याप्पी होली’ लेखिएका श्वतेवस्त्रधारीको चहलपहल नयाँसडकदेखि नै लर्को लागेको थियो ।

‘ह्याप्पी होली टि सर्ट’ ले बजार तताएको प्रमाण भद्रकालीबाट वसन्तपुर हिँडेका ‘टिनएजर’ हेर्दा देखिन्थ्यो । रातोभन्दा कालो पोतिएर बिरुप भएकाहरुको होली अर्कै थियो ।

‘खोई त मलाई झुम्के बुलाकी..’ समूहमा गाउँदै हिँडेका किशोरीदेखि नाम चलेका नेपाली समाजका संस्कृतिप्रेमी कलाकारका विविध प्रस्तुतिले वसन्तपुर क्षेत्रलाई होलीमय बनायो । पर्यटक, फोटो पत्रकार, सर्वसाधारणको गन्तव्य बनेका वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र उल्लासमय रहयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक