चितवन, २५ फागुन । सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान भोलिबाट पुनः हेटाँैडादेखि सुरु हुने भएको छ ।
नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गते जिल्लामा वृहत रयाली र आमसभा गर्ने जनाएको छ । जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले केन्द्रीय अध्यक्षसहित तीन शीर्ष नेताले सभालाई सम्बोधन गर्ने बताउनुभयो ।
बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहितको पाँचहजार भन्दा बढीको मोटरसाइकल रयाली भरतपुरको चौबिस कोठीमा आएर जम्मा हुने सहभागीसहितको वृहत रयाली नदी किनारमा पुगेर सभामा परिणत हुने उहाँले बताउनुभयो ।
सभामा ५० हजार सहभागी हुने लक्ष्य राखिएको बताउँदै पोखरेलले रयालीमा विभिन्न जातजाति, समुदायको झाँकी प्रस्तुत गर्ने पनि बताउनुभयो ।
सो अवसरमा जारी विज्ञप्तिमा फागुन २३ गते सप्तरीमा भएको शान्तिपूर्ण आमसभा बिथोल्ने प्रयास भएकोमा दुःखव्यक्त गरिएको छ ।
फागुन २१ गते पूर्वको काँकडभित्ताबाट सुरु भएको अभियान चैत ७ गते सुर्खेतमा पुगेर सम्पन्न हुदैछ । सप्तरीमा झडपपछि अभियान तीन दिनका लागि स्थगित गरिएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]