
सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बैठक बस्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पाँचबुँदे ज्ञापनपत्र बुझाई सो पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा आबद्ध सात दलका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गरिनुपर्ने, संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सप्तरीमा अस्ति भएको घटनामा मारिएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने मागसमेत राखिएको बताउनुभयो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मोर्चाका मागहरु प्राप्त भएको र सो सम्बन्धमा प्रधानमन्त्रीले सत्ता गठनबन्धन र अन्य दलसँग छलफल गरेर सम्बोधनको पहल गर्ने विश्वास दिलाउनुभएको जानकारी दिनुभयो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक