लन्डन । आगामी अप्रिल २३ मा हुने फ्रान्सको राष्ट्रपतीय निर्वाचन बेलायतमा पनि चासोको विषय बनेको छ । ब्रेक्जिटका कारण बेलायतमा आसन्न फ्रान्सको राष्ट्रपतीय चुनाव विशेष चासोका रुपमा हेरिएको हो । इतिहासको कालखण्डमा बेलायत र फ्रान्सबीच अनेक युद्ध भएपनि दोस्रो विश्वयुद्धपछि दुवै देशको सम्बन्धमा निकै घनिष्टता रहंदै आएको छ ।
निर्वाचन नजिकिंदै गर्दा आप्रवासी तथा राष्ट्रवादको चर्को वहस भइरहेको छ । गत वर्षको जनमत संग्रहमा बेलायतले युरोपियन युनियन छाड्ने पक्षको जित (ब्रेक्जिट) र अमेरिकामा डोनाल्ड ट्रम्पको विजयले यी दुवै मुद्दा युरोपमा राजनीतिक चर्चाको प्रमुख विषय हुने क्रम जारी छ ।
फ्रान्सको चुनावमा कसैले पनि वहुमत प्राप्त नगरे आगामी मे ७ मा पहिलो र दोश्रो भएका उम्मेदवारबीच पुनः चुनावी प्रतिष्पर्धा हुनेछ । सर्वेक्षणमा अगाडि रहेका सेन्टर राइट रिपब्लिकन पार्टीका उम्मेदवार फ्रान्सेस फिलोनमाथि आफ्नी श्रीमतीलाई गैर कानुनी पैसा तिरेको आरोप लागेपछि अर्का मध्यम मानिने उम्मेदवार एमुनियल मार्कोन भन्दा पछि परेका छन् । उम्मेदवार फिलोनलाई आफ्नो उमेदवारी फिर्ता लिन चर्को दवाव आएपनि उनले अस्वीकार गरेका छन् ।
सोसलिष्ट पार्टीका वर्तमान राष्ट्रपति फ्रान्सिस अलंन्ड अलोकप्रिय भएका कारण चुनावमा भाग नलिने उद्घोषले उक्त पार्टीको बेनोइट हामोन प्रतिष्पर्धी भएका छन् । उम्मेदवार फिलोनले पांच लाख सरकारी जागिर कटौती गर्ने, साताको पैंतीस घण्टा काम गर्ने समय खारेज गर्ने, धनी कर (वेल्थी टयाक्स) हटाउने, रसियासंग सहकार्य बढाउने जस्ता कार्य गर्ने जनाएका छन् ।
सोसलिष्ट पार्टीका उम्मेदवार बेनोइट हामोनले न्यूनतम सरकारी भत्ता छ सय युरो बनाउन शुरु गरि सन् २०२२ पछि ७५० युरो हुने चुनावी घोषणा गरेका छन् । पूर्व शिक्षामन्त्री भएका यिनलाई फ्रान्सको बर्नी सान्डर्स (अमेरिकी चुनावमा हिलारी क्लिन्टनको पार्टी प्रतिद्वन्द्वी) का रुपमा चित्रित गरिएको छ ।
चरम दक्षिणपन्थी पार्टी नेशनल फ्रन्टकी उम्मेदवार मरिन लेपनको पनि लोकप्रियता बढेको छ । उनले इयू छोड्ने, अन्तर्राष्ट्रिय ब्यापार सन्धिहरु अस्वीकार गर्ने, विदेशी कामदार ल्याइ काम लगाउनेलाई कर लगाउने, कट्टरपन्थी मुसलमानको मस्जिद बन्द गराउने, आप्रवासी घटाउने जस्ता कडा नीतिहरु अवलम्बन गर्ने जनाएकी छिन् ।
सानैदेखि फ्रान्समा बसोबास गर्दै आएका वरिष्ठ इन्जिनियर निर्मल अर्यालले आप्रवासी संख्या विगत केही वर्षयता फ्रान्समा उल्लेख्य बढिरहेको भएपनि अर्थतन्त्रलाई यो जरुरी भएको बताए । एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष समेत रहेका अर्यालले फ्रान्सको सामाजिक परिवेश, आर्थिक विकास, आतंकवाद जस्ता कुरा नै आगामी चुनावमा प्रमुख मुद्दा रहेको चर्चा गरे ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]