लन्डन । आगामी अप्रिल २३ मा हुने फ्रान्सको राष्ट्रपतीय निर्वाचन बेलायतमा पनि चासोको विषय बनेको छ । ब्रेक्जिटका कारण बेलायतमा आसन्न फ्रान्सको राष्ट्रपतीय चुनाव विशेष चासोका रुपमा हेरिएको हो । इतिहासको कालखण्डमा बेलायत र फ्रान्सबीच अनेक युद्ध भएपनि दोस्रो विश्वयुद्धपछि दुवै देशको सम्बन्धमा निकै घनिष्टता रहंदै आएको छ ।
निर्वाचन नजिकिंदै गर्दा आप्रवासी तथा राष्ट्रवादको चर्को वहस भइरहेको छ । गत वर्षको जनमत संग्रहमा बेलायतले युरोपियन युनियन छाड्ने पक्षको जित (ब्रेक्जिट) र अमेरिकामा डोनाल्ड ट्रम्पको विजयले यी दुवै मुद्दा युरोपमा राजनीतिक चर्चाको प्रमुख विषय हुने क्रम जारी छ ।
फ्रान्सको चुनावमा कसैले पनि वहुमत प्राप्त नगरे आगामी मे ७ मा पहिलो र दोश्रो भएका उम्मेदवारबीच पुनः चुनावी प्रतिष्पर्धा हुनेछ । सर्वेक्षणमा अगाडि रहेका सेन्टर राइट रिपब्लिकन पार्टीका उम्मेदवार फ्रान्सेस फिलोनमाथि आफ्नी श्रीमतीलाई गैर कानुनी पैसा तिरेको आरोप लागेपछि अर्का मध्यम मानिने उम्मेदवार एमुनियल मार्कोन भन्दा पछि परेका छन् । उम्मेदवार फिलोनलाई आफ्नो उमेदवारी फिर्ता लिन चर्को दवाव आएपनि उनले अस्वीकार गरेका छन् ।
सोसलिष्ट पार्टीका वर्तमान राष्ट्रपति फ्रान्सिस अलंन्ड अलोकप्रिय भएका कारण चुनावमा भाग नलिने उद्घोषले उक्त पार्टीको बेनोइट हामोन प्रतिष्पर्धी भएका छन् । उम्मेदवार फिलोनले पांच लाख सरकारी जागिर कटौती गर्ने, साताको पैंतीस घण्टा काम गर्ने समय खारेज गर्ने, धनी कर (वेल्थी टयाक्स) हटाउने, रसियासंग सहकार्य बढाउने जस्ता कार्य गर्ने जनाएका छन् ।
सोसलिष्ट पार्टीका उम्मेदवार बेनोइट हामोनले न्यूनतम सरकारी भत्ता छ सय युरो बनाउन शुरु गरि सन् २०२२ पछि ७५० युरो हुने चुनावी घोषणा गरेका छन् । पूर्व शिक्षामन्त्री भएका यिनलाई फ्रान्सको बर्नी सान्डर्स (अमेरिकी चुनावमा हिलारी क्लिन्टनको पार्टी प्रतिद्वन्द्वी) का रुपमा चित्रित गरिएको छ ।
चरम दक्षिणपन्थी पार्टी नेशनल फ्रन्टकी उम्मेदवार मरिन लेपनको पनि लोकप्रियता बढेको छ । उनले इयू छोड्ने, अन्तर्राष्ट्रिय ब्यापार सन्धिहरु अस्वीकार गर्ने, विदेशी कामदार ल्याइ काम लगाउनेलाई कर लगाउने, कट्टरपन्थी मुसलमानको मस्जिद बन्द गराउने, आप्रवासी घटाउने जस्ता कडा नीतिहरु अवलम्बन गर्ने जनाएकी छिन् ।
सानैदेखि फ्रान्समा बसोबास गर्दै आएका वरिष्ठ इन्जिनियर निर्मल अर्यालले आप्रवासी संख्या विगत केही वर्षयता फ्रान्समा उल्लेख्य बढिरहेको भएपनि अर्थतन्त्रलाई यो जरुरी भएको बताए । एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष समेत रहेका अर्यालले फ्रान्सको सामाजिक परिवेश, आर्थिक विकास, आतंकवाद जस्ता कुरा नै आगामी चुनावमा प्रमुख मुद्दा रहेको चर्चा गरे ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित