पोखरा, १२ फागुन । मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् ।
पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी आएको छ । अन्य विकासी जातका माछा पनि फस्टाउन सकेका छैनन् ।
मत्स्य अनुसन्धान केन्द्र बेगनासका वरिष्ठ प्राविधिक अधिकृत देवप्रसाद शर्मा पछिल्ला वर्षमा टिलापियाको बढ्दो आक्रमणका कारण लेखनाथ क्षेत्रका तालमा रेवा, फकेट, काँडे, बिग हेड, बाम, कत्ले, सहर र भित्ते माछा यहाँका रैथाने जात मिचाहा प्रजातिको बढ्दो क्रमसँगै लोपोन्मुख अवस्थामा पुगेका छन् ।
“अन्य माछामा भन्दा टिलापिया माछामा प्राकृतिक प्रजनन हुने भएका कारण सङ्ख्या बढेको हो,” शर्माको तर्क छ । मत्स्य अनुसन्धान केन्द्रले गरेको अनुसन्धानअनुसार फूल पारेर मुखमा राखी भुरा निस्केपछि छाड्ने अनौठो प्रजातिको सो माछाले सरदर तीनदेखि आठ पल्टसम्म फुल पार्ने र एकैपटक चार सयदेखि पाँच सयसम्म भुरा निकाल्ने भएकाले अरूभन्दा धेरै छिटो सङ्ख्या बढिरहेको छ ।
शर्माका अनुसार बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाइनेमा पछिल्ला वर्षमा उक्त सङ्ख्या घट्दो क्रममा छ । वरपर रहेका अन्य माछालाई तर्साउने बानी रहेको टिलापियाले उनीहरुको आहारा समेत खाने भएकाले अन्य प्रजातिका माछाका लागि घातक भएको उहाँ बताउनुहुन्छ ।
काँडा हुने सो माछाका कत्ला र भित्री भागका कालो मिल्काउन जान्नेले मात्रै स्वाद लिन सक्छन् । अरू माछा न्यूनतम प्रतिकिलो रु चार सयमा बिक्री हुँदा टिलापिआ रु २६० मा बिक्री हुन्छ । बेगनास तालमा वार्षिक ३० हजारदेखि ३५ हजार किलोसम्म माछा उत्पादन हुने गरेको बेगनास मत्स्य व्यवसायी समितिका अध्यक्ष झलक जलाहारीले बताउनुभयो ।
यस क्षेत्रका ४२ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् । मिचाहा प्रजातिको बढ्दो अतिक्रमणका साथै बेगनास तालमा पाइने स्थानीय जातको माछाको संरक्षणका लागि विगत दुई वर्षयता सञ्चालन गरिँदै आएको बेगनास माछा महोत्सव यस वर्ष पनि गरिने भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिनुभयो ।
यही फागुन १४ गतेदेखि १६ गतेसम्म हुने उक्त महोत्सवमा स्थानीय जातका माछा संरक्षण कार्यक्रमअन्तर्गत करिब २० हजारको सङ्ख्यामा स्थानीय माछाका भुरा छोडिने थापाले बताउनुभयो । महोत्सवका अवसरमा माछापालक किसानलाई लक्षित गरी माछा रोग शिविर तथा पानी जाँच्ने कार्यक्रम, माछा मह, कफी प्रदर्शनी तथा बिक्री, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछ ।
“बेगनासतालस्थित अतिप्राचीन बराह मन्दिरमा मोटरबोटमार्फत दर्शन गर्न जाने व्यवस्था समेत मिलाइएको छ,” प्रचारप्रसार संयोजक दुर्गाप्रसाद अधिकारीले भन्नुभयो । करिब पचहत्तर हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको सो महोत्सव सञ्चालन गर्न रु १२ लाख खर्च तथा रु १४ लाख आम्दानी हुने बताइएको छ । बचत रकमको ३० प्रतिशत बेगनास तालको संरक्षण तथा सरसफाइमा तथा बाँकी यस क्षेत्रको प्रचारप्रसारमा खर्च गर्ने योजना छ ।
सात तालको वाटिका सहर लेखनाथको समग्र विकासका लागि तालतलैयाको संरक्षण एवम् विकास, स्थानीय जातका माछाको संरक्षण आवश्यक छ । यस आसपासका पर्यटकीय स्थल ठूलाकोट, हुँडीकोटलगायतको प्रचारप्रसार र विकास गरिनु पर्छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]