लन्डन । अंध्यारो भएपछि आफ्नो घरभित्रै बस्ने संसारका कयौं ठाउं भन्दा २४ सै घण्टा नसुत्ने मुख्य शहरहरु बढ्ने क्रम जारी छ । त्यो पंक्तिमा छ लन्डनसहित बेलायती प्रमुख शहर पनि । खासमा कहिल्यै सुत्दैन बेलायत । बढ्दो नाइट लाइफ कल्चरले बेलायत मनोरञ्जन साथै व्यापार अभिवृद्धि र रोजगारी दिन उत्तिकै सफल छ ।
बेलायतको रात्री व्यवसाय करिब ७० अर्ब पाउन्ड बराबर रहेको तथ्यांक छ । रात्री क्लब, बार, रेष्टुरेन्टहरुले सरकारको राजस्वमा महत्वपूर्ण योगदान दिइरहेका छन् । रात्री समय काम गर्ने व्यवसायीहरुको संघका अनुसार बेलायतको कुल ग्राहस्थ उत्पादन (जिडिपी) को ६ प्रतिशत योगदान रात्री व्यवसायले गरेको छ भने यसले करिब १३ लाख मानिसलाई रोजगारी दिएको छ ।
रातको समयमा मनोरञ्जन गर्ने बेलायती संस्कारको एक अभिन्न अंग नै हो । यसै कुरालाई ध्यानमा राखी लन्डनभर जमिनमुनी गुड्ने रेल (अन्डरग्राउण्ड) सेवा विकेन्डमा चौबीसै घण्टा विस्तार गरिएको छ । यस्तो रात्री रेल सेवा विस्तारले वार्षिक ३६ करोड पाउन्ड बेलायती अर्थतन्त्रमा सहयोग पुग्ने बताइएको छ ।
बेलायतमा रात्रीकालिन समयमा मानिसहरु सामाजिक जमघट गरि मनोरञ्जन लिने प्रचलन छ । राजधानी लन्डनमा हजारौं बार, क्लव, पब, लाउन्ज छन् । विशेष गरि, सेन्ट्रल लन्डनका सोहो, कोभेन्ट गार्डेन, लेस्टर स्क्वायर, पिकाडेली सर्कस नाइट लाइभका प्रमुख केन्द्र मानिन्छ । वीकेन्डमा त बेलायती रातभर झुमिरहेका हुन्छन् नशा र संगीतमा ।
रातको समयमा मदिरा सेवन तथा लागूऔषधबाट हुने अपराध बढ्नुको सट्टा रात्रीकालिन अर्थतन्त्रले अपराध सन् २००२ भन्दा ३८ प्रतिशत न्यून भएको तथ्यांकले देखाएको छ । यसका साथै रातमा ब्यापार हुने स्थानहरु अरु सुरक्षित बन्दै गएको पनि जनाइएको छ ।
रात्रीकालिन अर्थतन्त्रको नियमलाई थप कडाइ गर्दा अत्यधिक मदिरा सेवन अथवा हिंसात्मक अपराध कम भएको प्रमाण नदेखिएको व्यवसायी संघले बताएको छ । अधिक मदिरा तथा लागूऔषधको सेवन नाइट क्लब, पब, रेस्टुरेन्ट आदि ठाउं भन्दा बाहिर बढि हुने भएकाले रात्रीकालिन ब्यापारले यस्तो कार्य बढाउने काम नगरेको जिकिर संघको छ ।
संघले बेलायती सरकारलाई योजना तथा लाइसेन्सको नियमलाई पुनरावलोकन गर्न आग्रह समेत गरेको छ ।
बेलायतमा ८ मा एकजना रातको समयमा काम गर्ने गरेको नयां तथ्यांकले देखाएको छ । राती काम गर्नेको संख्या तीन करोड भन्दा बढि भएको र यो संख्या बढ्ने क्रम जारी रहेको तथ्यांकले देखाएका छन् ।
महिलाहरु केयर, वेट्रेस, नर्सिङमा छन् भने पुरुषहरु सेक्युरिटी, पुलिस र यातायातमा काम गर्ने पाइएको छ ।
बेलायती ट्रेड युनियनको मत भने अलिक फरक छ । उसले रात्रीकालिन कामले पारिवारिक जीवन अवरोध भएको बताउंदै राती काम गर्ने कामदारको योगदानको थप कदर हुनुपर्ने बताएको छ र उनीहरुको अधिकार तथा सुरक्षा सुनिश्चित गरिनुपर्नेमा समेत जोड दिएको छ ।
रात्रीकालिन समयमा नियमित काम गर्ने मानिसको स्वास्थ्यबारे अत्यधिक वहस हुंदै आएको छ । राती ११ देखि बिहान ६ बजे सम्म तीन घण्टाभन्दा बढि काम गर्नेलाई रात्री कामदार भनेर बेलायत सरकारले वर्गीकरण गरेको छ । अल्पसंख्यक तथा आप्रवासी पृष्ठभूमिका मानिस तथा युवाहरु नै बढि राती काम गर्ने कामदार छन् ।
व्यस्त जीवनमा आ आफ्नो रोजाई अनुसार जुनसुकै समयमा मनोरञ्जन लिने स्वतन्त्रता भए अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने बेलायतले प्रमाणित गरेको छ । तर, रातीमा हुने विकृति निस्तेज गरि अपराध कम गर्नु सबैको दायित्व भएको बेलायत ट्रेड युनियनको धारणा छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई