लन्डन । अंध्यारो भएपछि आफ्नो घरभित्रै बस्ने संसारका कयौं ठाउं भन्दा २४ सै घण्टा नसुत्ने मुख्य शहरहरु बढ्ने क्रम जारी छ । त्यो पंक्तिमा छ लन्डनसहित बेलायती प्रमुख शहर पनि । खासमा कहिल्यै सुत्दैन बेलायत । बढ्दो नाइट लाइफ कल्चरले बेलायत मनोरञ्जन साथै व्यापार अभिवृद्धि र रोजगारी दिन उत्तिकै सफल छ ।
बेलायतको रात्री व्यवसाय करिब ७० अर्ब पाउन्ड बराबर रहेको तथ्यांक छ । रात्री क्लब, बार, रेष्टुरेन्टहरुले सरकारको राजस्वमा महत्वपूर्ण योगदान दिइरहेका छन् । रात्री समय काम गर्ने व्यवसायीहरुको संघका अनुसार बेलायतको कुल ग्राहस्थ उत्पादन (जिडिपी) को ६ प्रतिशत योगदान रात्री व्यवसायले गरेको छ भने यसले करिब १३ लाख मानिसलाई रोजगारी दिएको छ ।
रातको समयमा मनोरञ्जन गर्ने बेलायती संस्कारको एक अभिन्न अंग नै हो । यसै कुरालाई ध्यानमा राखी लन्डनभर जमिनमुनी गुड्ने रेल (अन्डरग्राउण्ड) सेवा विकेन्डमा चौबीसै घण्टा विस्तार गरिएको छ । यस्तो रात्री रेल सेवा विस्तारले वार्षिक ३६ करोड पाउन्ड बेलायती अर्थतन्त्रमा सहयोग पुग्ने बताइएको छ ।
बेलायतमा रात्रीकालिन समयमा मानिसहरु सामाजिक जमघट गरि मनोरञ्जन लिने प्रचलन छ । राजधानी लन्डनमा हजारौं बार, क्लव, पब, लाउन्ज छन् । विशेष गरि, सेन्ट्रल लन्डनका सोहो, कोभेन्ट गार्डेन, लेस्टर स्क्वायर, पिकाडेली सर्कस नाइट लाइभका प्रमुख केन्द्र मानिन्छ । वीकेन्डमा त बेलायती रातभर झुमिरहेका हुन्छन् नशा र संगीतमा ।
रातको समयमा मदिरा सेवन तथा लागूऔषधबाट हुने अपराध बढ्नुको सट्टा रात्रीकालिन अर्थतन्त्रले अपराध सन् २००२ भन्दा ३८ प्रतिशत न्यून भएको तथ्यांकले देखाएको छ । यसका साथै रातमा ब्यापार हुने स्थानहरु अरु सुरक्षित बन्दै गएको पनि जनाइएको छ ।
रात्रीकालिन अर्थतन्त्रको नियमलाई थप कडाइ गर्दा अत्यधिक मदिरा सेवन अथवा हिंसात्मक अपराध कम भएको प्रमाण नदेखिएको व्यवसायी संघले बताएको छ । अधिक मदिरा तथा लागूऔषधको सेवन नाइट क्लब, पब, रेस्टुरेन्ट आदि ठाउं भन्दा बाहिर बढि हुने भएकाले रात्रीकालिन ब्यापारले यस्तो कार्य बढाउने काम नगरेको जिकिर संघको छ ।
संघले बेलायती सरकारलाई योजना तथा लाइसेन्सको नियमलाई पुनरावलोकन गर्न आग्रह समेत गरेको छ ।
बेलायतमा ८ मा एकजना रातको समयमा काम गर्ने गरेको नयां तथ्यांकले देखाएको छ । राती काम गर्नेको संख्या तीन करोड भन्दा बढि भएको र यो संख्या बढ्ने क्रम जारी रहेको तथ्यांकले देखाएका छन् ।
महिलाहरु केयर, वेट्रेस, नर्सिङमा छन् भने पुरुषहरु सेक्युरिटी, पुलिस र यातायातमा काम गर्ने पाइएको छ ।
बेलायती ट्रेड युनियनको मत भने अलिक फरक छ । उसले रात्रीकालिन कामले पारिवारिक जीवन अवरोध भएको बताउंदै राती काम गर्ने कामदारको योगदानको थप कदर हुनुपर्ने बताएको छ र उनीहरुको अधिकार तथा सुरक्षा सुनिश्चित गरिनुपर्नेमा समेत जोड दिएको छ ।
रात्रीकालिन समयमा नियमित काम गर्ने मानिसको स्वास्थ्यबारे अत्यधिक वहस हुंदै आएको छ । राती ११ देखि बिहान ६ बजे सम्म तीन घण्टाभन्दा बढि काम गर्नेलाई रात्री कामदार भनेर बेलायत सरकारले वर्गीकरण गरेको छ । अल्पसंख्यक तथा आप्रवासी पृष्ठभूमिका मानिस तथा युवाहरु नै बढि राती काम गर्ने कामदार छन् ।
व्यस्त जीवनमा आ आफ्नो रोजाई अनुसार जुनसुकै समयमा मनोरञ्जन लिने स्वतन्त्रता भए अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने बेलायतले प्रमाणित गरेको छ । तर, रातीमा हुने विकृति निस्तेज गरि अपराध कम गर्नु सबैको दायित्व भएको बेलायत ट्रेड युनियनको धारणा छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]