लन्डन । कम्प्युटरद्वारा सञ्चालित हेज फन्डले लन्डन स्टक मार्केटमा मानव दिमाग भन्दा बढि प्रतिफल दिएको समाचारले अहिले सेयर बजार र लगानीमा नयां क्षितिज खुलेको चर्चा चुलिएको छ । सन् २०१६ मा कम्प्युटर अल लग्रिथम प्रोग्राममा सञ्चालित २० वटा हेज फन्डहरुले उत्कृष्ट काम गरि प्रतिफल दिन सक्षम भएको तथ्य आएपछि प्रविधिले लगानीमा अरु विश्वास जित्ने अपेक्षा छ ।
हेज फन्ड मानिसहरुको पैसा संकलन गरि उपयुक्त लगानी मार्फत प्रतिफल दिन खोलिने कम्पनी हो । बेलायतको स्टक मार्केटमा सिधै व्यक्तिले लगानी गर्नु भन्दा उपयुक्त हेज फन्डको इतिहास र काम कारबाही हेरी मानिसले छानेर लगानी गर्ने प्रचलन छ । हेज फन्डमार्फत अर्बौं पाउण्ड सेयर बजारमा लगानी गर्ने पनि छन् जसले स्टक मार्केटमा प्रभाव पार्न पनि सक्छ ।
सन् २०१६ मा भएका दुई प्रमुख घट्नाक्रम ब्रेक्जिट र डोनाल्ड ट्रम्पको विजयले लन्डन सेयर बजार उत्साहित गराउन सफल रहयो । कमजोर पाउन्डको विनिमय दरका कारण लन्डन स्टक मार्केटका ठूला सय कम्पनीको सेयर सूचांक ७ हजार अंक भन्दा बढि हुने क्रम जारी छ । ठूला १०० कम्पनीको सेयर अंक सात हजारको घेरा नाघेपछि मनोवैज्ञानिक हिसावले लगानीकर्तामा अरु उत्साह आउने गरेको तथ्य विश्लेषकहरुले बताउंदै आएका छन् ।
ब्रेक्जिट लगत्तै लन्डन स्टक मार्केटको ठूला सय कम्पनीको सेयर सूचांक एकदमै तल झरे पनि गत अक्टोबरमा पाउन्ड स्टर्लिङको भाउमा भारी गिरावटले निर्यात बढाई अरु प्रतिष्पर्धी भयो र बेलायत बाहिर यी कम्पनीले आर्जन गरेको सम्पत्तिको मूल्य बढि हुनाले स्टक मार्केट बढ्ने क्रम जारी छ ।
स्टक मार्केटको सूचांक कम हुने बित्तिकै लोभले आत्तिएर सेयर बेच्ने भन्दा राखिरहनेले सेयर मार्केट स्थिर र पछि सेयर भाउ पुनः ठिक भएपछि नोक्सान नहुने पाइएको छ ।
बेलायत इयू बहिर्गमन (ब्रेक्जिट) मत आसपासमा गरेको लगानी वर्षको शुरुवात भन्दा राम्रो भएको छ । जसले आत्तिएर आफ्नो सेयर बेचेका थिए, उनीहरुले अहिले धेरै नोक्सान बोहोर्नु परेको छ । धेरै सेयर र स्टक मार्केटका फन्डहरु मध्यम देखि लामो समयावधिका लगानीकर्ताहरुलाई पंूजीगत मुल्य बढाउनुका साथै प्रतिफल दिने लक्ष्य राखेका हुने लन्डनस्थित अर्थ व्यवस्थापनका एकजना जानकार बिकलचन्द्र आचार्य बताउंछन् ।
सन् २०१६ वर्ष लन्डन स्टक मार्केटको ठूला सय कम्पनीको (फुटसी १००) औसत लाभांस करिब ३ दशमलब ७ प्रतिशत रहेको चर्चा गर्दै आचार्यले सेयर बजारमा तीन गुणा हुने आम्दानीको जोखिमबाट डराएर या थाहा नपाएर धेरै बेलायतका वचतकर्ताहरुले १ प्रतिशत भन्दा पनि कम प्रतिफल आउने बैंक खातामा आफ्नो पैसा राखिरहेका बताए ।
राम्रो आर्थिक निवृत्तको योजना देखि अनेकौं प्रतिफलको प्रलोभनमा स्टक मार्केटमा लगानी हेज फन्ड या मानिसहरुले गर्ने गर्छन् । मध्यम देखि लामो समयको लगानीमा ध्यान दिए नोक्सान हुने कम सम्भावना रहेको विश्लेषकहरु बताउंछन् । उतारचढावको डरका साथै सेयरको मूल्य घट्न सक्ने यथार्थ त हमेसा हुन्छ ।
सन् १८०१ मा आधुनिक लन्डन स्टक मार्केटको स्थापना गरिएपनि यसको इतिहास सन् १५७१ मा रानी एलिजावेथ प्रथमले रोयल एक्सचेन्ज भनेर उद्घाटन गरे पछि नै शुरु भएको ठानिन्छ । ६ ट्रिलियन (६ हजार अर्ब) पाउन्ड भन्दा बढि जम्मा सेयरको मूल्य रहेको लन्डन स्टक मार्केट अमेरिकाको डाओ जोन र नास्डाकपछि संसारको तेस्रो ठूलो मार्केट मानिन्छ । यहां दिनमा औसत करिब ६ अर्ब पाउन्ड मुल्यको सेयर कारोबार हुनेगर्छ । यसमा ६० भन्दा बढि मुलुकका तीनहजार बढी कम्पनी सूचीवद्ध छन् । सन् २००८ को आर्थिक मन्दी पछि बैंक अफ इंग्ल्यान्डले ब्याजदर निकै कम गरि लगानीलाई अरु उत्प्रेरित गर्ने कदम चाल्दै आएको छ ।
स्टक मार्केट लन्डनबाट नेपाल लगायत विकासशील देशहरुले लगानी, प्रतिफल, स्थायित्व, सेयर किनबेच आदिमा धेरै सिक्न र मनन गर्न सक्छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई