
काठमाण्डौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष भवन भट्ट गोर्खा लाप्राकमा निर्माणाधिन एनआरएन नमुना वस्तीमा
स्वयंसेवक भएर खटिएका छन् । जापानमा सयौं व्यवसाय छाडेर भटट् स्वयंसेवामा खटिएपछि धेरैले उनको तारिफ गरेका छन् ।
भट्टले विश्वका ७५ एनसीसी र ४५ लाख एनआरएनको ड्रिम प्रोजेक्टमा आफू सहभागी हुन पाउनुलाई ‘गर्व’ मानेका छन् । एनआरएनले ६१२ वटा घरसहित नमुना वस्ती निर्माण शुरु गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही समय अघि उक्त वस्तीको शिलान्यास गरेका थिए । नमुना वस्तीमा एनआरएनए अध्यक्ष शेष घले आफैं पनि दिनरात खटिएका छन् ।
यसैबीच, गोरखा जिल्लाको शैक्षिक विकास र प्रवद्र्धनमा सहयोग पुरयाउने उद्देश्यले स्थापना गरिएको बीबी ट्रस्टले सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको छ । गोरखा जिल्लाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट हुने एक सार्वजनिक विद्यालय तथा सो परीक्षामा सर्वोत्कृट हुने एक छात्र र एक छात्रालाई सम्मान गरिएको हो । जिल्लामै सर्वोत्कृष्ट हुने सरस्वती माध्यामिक विद्यालय आहाले भएको छ भने सर्वोत्कृष्ट हुने छात्र छात्रामा पनि सोही विद्यालयका क्रमशः प्रशान्त श्रेष्ठ र छात्रा दिक्षा सुनुवारलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री धनीराम पौडेलले केही दिनअघि प्रमाणपत्र र नगदसहित सम्मान गरे । विद्यालय र पुरस्कृत विद्यार्थीले जनही २५–२५ हजार पुरस्कार दिइएको हो ।
बीबी ट्रस्टका अध्यक्ष भवन भट्टले यसअघि ४५ लाख रुपैयां रहेको ट्रस्टको अक्षय कोषको राशी बढाएर ५० लाख पुरयाउने घोषणा गरे । यो शिक्षा क्षेत्रमा निजी रुपमा स्थापना गरिएको ठूलो ट्रस्ट हो ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष भट्टले विश्वका ७५ देशमा गैर आवासीय नेपालीको सञ्जाल रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको शैक्षिक विकासमा गैर आवासीय नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्न सकिने बताए ।
उनले भूकम्पले भत्काएका करिब एक हजार विद्यालय भवनलाई सार्वजनिक–निजी साझेदारीको मोडलबाट निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्र सुधार परियोजनाअन्तर्गत सरकारले गाउँगाउँमा विद्यालयहरू खोल्न थाले पनि अभिभावकहरू भने गुणस्तरीय शिक्षाको खोजीमा सहर वा सदरमुकाम पस्ने प्रवृत्तिमा सुधार ल्याउन सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए ।
बीबी ट्रस्टका संरक्षक यदु भट्टले सामुदायिक विद्यालय भन्दैमा सबैको गुणस्तर कमजोर हुन्छ भन्ने सोच्न नहुने भन्दै गोरखाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने दुवै विद्यार्थी सामुदायिक विद्यालयकै हुनुले इच्छाशक्ति हुने हो भने यस्ता विद्यालयहरूबाट उत्कृष्ट जनशक्ति जन्माउन सकिने बताए ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय