
चौधरी–थारू समुदायले नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व काठमाडौँको टुँडिखेलमा शनिबार हर्षोल्लासका साथ मनाउँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ माघ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा अघि सारिएको संविधान संशोधनबारे प्रतिपक्ष दललाई धेरै जिद्दी नगर्न आग्रह गर्नुभएको छ ।
थारु कल्याणकारिणी काठमाडाँै उपत्यका समितिले आज टुँडिखेलमा आयोजना गरेको राष्ट्रिय पर्व थारु माघी महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री निधिले संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहे देखिएका कमीकमजोरीलाई सच्चाएर सबै जातजाति, भाषाभाषी र समुदायका हक अधिकार सुनिश्चित गरिने बताउनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएका सहमति पनि पूरा हुने र सबै राजनीतिक दल, समुदायसँगको सरसल्लाहमा सरकार अघि बढ्न चाहेको उहाँको भनाइ थियो ।
आयोजक संस्था थारु कल्याणकारिणी काठमाडाँै उपत्यका समितिका संयोजक सत्यनारायण चौधरीले माघेसङ्क्रान्ति र थारु समुदायबीचको अन्तरसम्बन्धका बारेमा जानकारी गराउनुभएको थियो । महोत्सवमा थारु समुदायको वेशभूषा, कला संस्कृति झल्कने नृत्य, गीत–सङ्गीत प्रस्तुत गरिनुका साथै थारु समुदायका खानपिनका कक्ष राखिएका छन् ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त