
चौधरी–थारू समुदायले नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व काठमाडौँको टुँडिखेलमा शनिबार हर्षोल्लासका साथ मनाउँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ माघ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा अघि सारिएको संविधान संशोधनबारे प्रतिपक्ष दललाई धेरै जिद्दी नगर्न आग्रह गर्नुभएको छ ।
थारु कल्याणकारिणी काठमाडाँै उपत्यका समितिले आज टुँडिखेलमा आयोजना गरेको राष्ट्रिय पर्व थारु माघी महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री निधिले संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहे देखिएका कमीकमजोरीलाई सच्चाएर सबै जातजाति, भाषाभाषी र समुदायका हक अधिकार सुनिश्चित गरिने बताउनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएका सहमति पनि पूरा हुने र सबै राजनीतिक दल, समुदायसँगको सरसल्लाहमा सरकार अघि बढ्न चाहेको उहाँको भनाइ थियो ।
आयोजक संस्था थारु कल्याणकारिणी काठमाडाँै उपत्यका समितिका संयोजक सत्यनारायण चौधरीले माघेसङ्क्रान्ति र थारु समुदायबीचको अन्तरसम्बन्धका बारेमा जानकारी गराउनुभएको थियो । महोत्सवमा थारु समुदायको वेशभूषा, कला संस्कृति झल्कने नृत्य, गीत–सङ्गीत प्रस्तुत गरिनुका साथै थारु समुदायका खानपिनका कक्ष राखिएका छन् ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा