
काठमाडौँ, १ पुस । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
काठमाडौँ जिल्ला साविक सतुङ्गल गाविस–७ र ८ को सिमाना जोडिने सार्वजनिक गोरेटो बाटो कब्जा गरी चौधरीले कारखाना निर्माण गरेको भन्ने अभियोग लगाउँदै गसी बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उहाँविरुद्ध आज मुद्दा दर्ता गर्नुभएको हो ।
स्थानीय सतुङ्गल, बलम्बु, महादेवस्थान, बोसीगाउँ कीर्तिपुरका करिब पाँच हजार व्यक्ति आवतजावत गर्ने चौडाइ तीन फिट र लम्बाइ लगभग १०० फिट गोरेटो बाटो कब्जा गरी भवन निर्माण गरेकाले उहाँविरुद्ध मुद्दा दर्ता गर्न बाध्य भएको जानकारी स्थानीयवासी ईश्वरलाल महर्जनले राससलाई दिनुभयो ।
गत २०७१ साल चैत २० गते स्थानीय सतुङ्गल गाविसवासीको भेलाले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा गसी बाटो उपभोक्ता निर्माण समिति गठन गरेको थियो ।
उक्त समितिले उद्योगविरुद्ध यसअघि गोरेटो बाटो कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, गाविसको कार्यालय सतुङ्गल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटकपटक उजुरी दर्ता गरेका थिए ।
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना