काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज भएको भेटपछि नेपाली काँग्रेसका सभापति देउवाले पछिल्लो समयमा दलबीच विश्वासको सङ्कट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुरा भएको बताउनुभयो ।
संविधान संशोधनको विषयमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् अवरुद्ध गर्दै आइरहेको छ । सोही विषयलाई लिएर भेटमा सभापति देउवाले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएको बताउनुभयो ।
नेकपा (एमाले) नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले दुई दलका शीर्ष नेताबीच समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल भएको र यसलाई निरन्तरता दिनेबारे छलफल भएको जानकारी दिनुभयो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा