
लन्डन । नेपालमा नयां संविधान जारीपछि वातावरण सुदृढ रहेको जनाउंदै बेलायती लगानी भित्र्याउन जोड दिइएको छ । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सांझ व्यापार र लगानी विषयमा केन्द्रित एक सेमिनारका सहभागीले लगानीका लागि नेपाल उचित गन्तव्य रहेको ठहर गर्दै बेलायती लगानी अझै बढाउनेतर्फ ध्यान दिइनुपर्नेमा जोड दिए । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले सेमिनार आयोजना गरेको हो ।
व्यापार तथा लगानीको क्षेत्रमा बेलायत र नेपालबीचको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।
सेमिनारमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत र नेपालबीच व्यापार र लगानी बढाउन बीएनसीसीले गरेका पहलहरुको प्रशंसा गरे । उनले बेलायतमा अन्तर्राष्ट्रिय स्तरको व्यवसाय सञ्चालनको अनुभव लिएका नेपाली व्यवसायीहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्नेतर्फ पहल गर्न सुझाव दिए । नेपालमा बेलायती लगानी बढाउने प्रयासमा बीएनसीसीसंग मिलेर सहकार्य गर्न दूतावास इच्छुक रहेको जनाउंदै उनले त्यसका लागि आफ्नो प्रतिवद्धता पनि जाहेर गरे ।
बेलायती हाउस अफ लर्डसका स्थायी सदस्य अर्ल अफ स्याण्डवीचले बेलायत र नेपालबीचको व्यापार सम्बन्ध सुदृढीकरणका लागि यहांको संसदबाट हुन सक्ने पहलका लागि आश्वासन दिए ।
उक्त सेमिनारमा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले नेपालमा व्यापार र लगानीका लागि वातावरण उचित रहेको बताए । नेपालमा केही बेलायती कम्पनीहरुले उदाहरणीय सफलता हासिल गरेको दृष्टान्त प्रस्तुत गर्दै कंडेलले बेलायतबाट नेपाल भित्रिने लगानी अझै वृद्धि गर्न बीएनसीसी प्रयत्नरत रहेको बताए । ‘कैयन चुनौतिमाझ पनि नेपालमा प्रशस्त सम्भावना छन्’, अध्यक्ष कंडेलले भने, ‘दोहोरो कर लगायतका केही कुटनीतिक व्यवधान कायम छन् तर अन्तर्राष्ट्रिय बजारका बहुराष्ट्रिय कम्पनीहरुको उपस्थिति न्यून भएर प्रतिस्पर्धाको जोखिम धेरै कम छ ।’
अ सुट दयाट फिट्स नामक कम्पनीका सिइओ डेभिड हाथिरामनीले नेपालमा व्यवसाय सञ्चालन गर्दाका आफ्ना अनुभव सुनाए । विश्वका अन्य मुलुकका तुलनामा नेपालीहरु कामप्रति बढि बफादार, जिम्मेवार र समस्या समाधानका लागि बढि सामथ्र्यवान रहेको भन्दै उनले नेपाल लगानीका लागि उत्तम गन्तव्य रहेको धारणा राखे । हाईड्रो पावर व्यवसायी विनय भण्डारीले नेपालमा हाईड्रोको क्षेत्रमा लगानीका लागि विद्यमान सम्भाव्यता र चुनौतिहरुबारे एक प्रिजेन्टेसन दिए ।
गेटवे एसिया एण्ड इन्टरप्राइज वेल्नेसका एस बर्मा र लालजी भेकरियाले बेलायत युरोपेली संघबाट बाहिरिने निर्णयपछिको सन्दर्भमा बेलायतबाट नेपालमा हुन सक्ने लगानीका विषयमा धारणा राखेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी रिचार्ड पेलीले गरेका थिए भने उपाध्यक्ष महन्त श्रेष्ठले धन्यवाद मन्तव्य दिए । सेमिनारमा बेलायती विदेश मन्त्रालयका प्रतिनिधीसहित लण्डनका विभिन्न बरोका मेयर, बेलायती तथा नेपाली व्यवसायीहरुले भाग लिए ।
यसैबीच, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सले राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई संस्थाको संरक्षक नियुक्त गरेको छ ।
उक्त कार्यक्रममा राजदूत सुवेदीलाई संरक्षकको रुपमा औपचारिक स्वागत गरिएको हो । बीएनसीसी अध्यक्ष राजन कंडेलले सुवेदीलाई संस्थाको संरक्षक नियुक्त भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । लामो समयको रिक्ततापछि बेलायतमा नेपाली राजदूतको रुपमा सुवेदी नियुक्त भएकाले उनीबाट आर्थिक कुटनीतिको क्षेत्रमा समेत आफूहरुले उल्लेखनीय योगदानको आशा राखेको कंडेलले बताए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै