शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: ००:५१ | UK Time: 19:06

राज्यले नचिनेका देश चिनाउनेहरु

वीनेपाली
२०७३ मंसिर २४ गते १३:३०
वरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धरसहित हङकङमा भएको अक्सफाम ट्रेल वाकरम्याराथन दौडमा नेपालका तर्फबाट सहभागी खेलाडीहरु पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ । तस्बिर ः रोशन सापकोटा, रासस

वरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धरसहित हङकङमा भएको अक्सफाम ट्रेल वाकरम्याराथन दौडमा नेपालका तर्फबाट सहभागी खेलाडीहरु पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ । तस्बिर ः रोशन सापकोटा, रासस

 

काठमाडौँ, २४ मङ्सिर । राजधानीमा गत महिना आयोजित एक कार्यक्रममा चार धावकको एउटै गुनासो थियो, ‘के राज्यले पहुँचवालालाई मात्र पुरस्कृत गर्ने हो र ’

ती चार थिए – पूर्ण तामाङ ९३३०, भीमबहादुर गुरुङ ९३३०, वेदबहादुर सुनुवार ९२९० र तीर्थबहादुर तामाङ ९२८० । हङकङमा हुन लागेको ‘अक्सफाम ट्रेल वाकर’ म्याराथनमा देशको प्रतिनिधित्व गर्दै जान लागेका उनीहरुमा खुसी त थियो नै, तर त्योभन्दा पनि बढी निराशा । उनीहरुलाई हङकङका लागि विदाइ गर्न आयोजित उक्त कार्यक्रममा निराशा पोख्ने क्रममा टोलीका कप्तानसमेत रहेका पूर्णले भन्नुभएको थियो, ‘यहाँ वास्तविक अल्ट्रा धावकलाई कसैले चिनेको हुँदैन । तर यस अल्ट्रा धावकका नाममा कसैलाई पहुँचकै आधार दिनहुँ सम्मान र पुरस्कार दिइने गरेको छ । वास्तविक धावक को हो राज्यले छुट्याओस् ।’

उनीहरुमा त्यो दिन यो निराशाबाहेक अरु सबै उत्साह मात्र थियो । विश्वभरका तीन दर्जनभन्दा बढी मुलुकका पाँच हजारभन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने उक्त ट्रेल वाकर अल्ट्रा दौड जित्ने दावी उनीहरु गरिरहेका थिए । उनीहरुका आँखामा त्यही झल्किन्थ्यो ।

आज साँच्चै उनीहरुले त्यो प्रमाणित गरे । यही मङ्सिर ३ गते भएको उक्त दौडको उपाधि उनीहरुले जिते । एक सय किलोमिटरको उक्त दौड उनीहरुले ११ घण्टा १ मिनेटमा पूरा गर्दै नयाँ कीर्तिमानसमेत बनाए ।

नेपाली सेनामा कार्यरत यी खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय जित भने होइन । पूर्ण सन् २०१३ मा हङकङमै भएको १०० किलोमिटरको ‘द नर्थ फेस’ म्याराथनमा प्रथम स्थान तथा यसै वर्ष चीनमा सम्पन्न समान दूरीको झिङ्गी म्याराथनमा द्वितीय हुनुभएको थियो । त्यस्तै देशभित्र सन् २०१५ मा भएको काठमाडौँ म्याराथनअन्तर्गत ४२ किमी दौड, सोही वर्ष भएको समान दूरीको आर्मी म्याराथन तथा सन् २०१४ मा भएको ५० किमीको अन्नपूर्ण म्याराथनमा उहाँ प्रथम भइसक्नुभएको छ ।

भीमबहादुरले यसै वर्ष चीनमा भएको ३० किमीको वल्र्ड सिरिज स्काई रनिङ र इटालीमा भएको स्काई रनिङ किमामा ‘रेकर्ड ब्रेक’ गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ । त्यस्तै, हङकङमा सन् २०१३ र १४ मा भएका दुवै अक्सफाम ट्रेल वाकरका उपाधि उनकै पोल्टामा परे । ती दुवै १०० किलोमिटरका थिए । त्यसैगरी उहाँले देशभित्रै भएका सन् २०१३ को १०० किलोमिटरको अन्नपूर्ण म्याराथन, सन् २०१३ र २०१४ का दुवै एभरेष्ट म्याराथन ९४२ किमीका उपाधि तथा सन् २०१५ को द नर्थ फेस ९८० किमीको उपाधि जितिसक्नुभएको छ ।

वेदबहादुरले सन् २०१५ मा हङकङमा भएको द नर्थ फेस ९५० किमी, सोही वर्ष चीनमा सम्पन्न एसियन माउन्टेन ९५० किमी, सन् २०१४ मा चीनमै भएको स्काई रनिङ ९५० किमीको उपाधि जित्नुभएको छ । त्यस्तै, देशभित्र सन् २०१३ को अन्तर्राष्ट्रिय पाथिभरा म्याराथन ९५४ किमी र २०११ को माउन्ट अन्नपूर्ण म्याराथन ९४२ किमीमा प्रथम भइसक्नुभएको छ ।

तीर्थबहादुरले सन् २०१४ मा हङकङमा भएको भिवराम हङकङ ९१०० किमी, २०१५ मा चीनमा भएको डेलसिटी चाइना ९१०० किमी तथा यसै वर्ष इटाली–स्वीट्जरल्याण्डमा भएको युटिएमआर ९११८ किमीको उपाधि जित्नुभएको छ । त्यस्तै, देशभित्र सन् २०११ को अन्नपूर्ण म्याराथन ९४२ किमी, यसै वर्षको स्तुपा टु स्टुपा ९५० किमी, एभरेष्ट अल्ट्रा ९६० किमी जस्ता प्रतियोगिता उहाँले जितिसक्नुभएको छ । यीबाहेक पनि चारै धावकले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गरिसकेका छन् ।

यी उपाधिका फेहरिस्त जति प्रस्तुत गरिए पनि त्यसबारे राज्य वेखबर जस्तै छ । फुटबल क्रिकेट जस्ता एक÷दुई खेलका खेलाडीलाई मात्र राज्यले चिन्ने गरेको उनीहरुको गुनासो छ । भीमबहादुरले भन्नुभयो, ‘फुटबल र क्रिकेटलाई मात्र सम्मान गर्दा हामीलाई चाहीँ किन गाह्रो रु खेल्दा हामीले बोक्ने झन्डा एउटै हो । हामीले पनि त देशकै लागि खेलेका हौं नि ।’

वेदबहादुरले थप्नुभयो – ‘दुई किलोमिटर पनि सही तरिकाले नदौडिएकालाई अल्ट्रा धावक भनिन्छ । जसको पहुँच छ, जो नेताको पछि लाग्छ उ वास्तविक धावक नभएपनि उसैलाई सम्मान छ ।’

केही निजी क्षेत्रबाट उनीहरुलाई सम्मान भने भयो । यसै हप्ता मात्र चौधरी ग्रुपले ‘ब्रान्ड एम्बेस्डर’ बनाउने निर्णय ग¥यो । ‘वि विल राइज फाउन्डेसन’ले जनही रु १० हजार नगदसहित सम्मान गरेको हो ।

राज्यको उदासीनताका बीच निजी संस्थाले आफूहरुको मेहनतको कदर गरिदिएकामा उनीहरु थोरै खुसी भएका छन् । टोलीका कप्तान पूर्णले धाविका मीरा राईले पनि अल्ट्रा दौडमा विश्व विजय प्राप्त गरेको प्रसङ्ग कोट्याउँदै यस खेलले नेपालका लागि सम्भावनाको ढोका खोलेको बताउनुभयो । ओलम्पिकमा समेत राख्ने तयारीमा रहेको यो खेलको नेपालमा आधिकारिक सङ्घ खोलिनुपर्ने खेलाडीहरुको तर्क छ । तीर्थबहादुरले थप्नुभयो – ‘यो खेलले अहिलेसम्म देखाएको सम्भावना हेर्दा हामीले ओलम्पिकमा पदक जिल्ने सम्भावना छ तर यसबारे सम्बन्धित निकाय बेखवर छ । अहिलेसम्म सङ्घ खोल्नेबारे यहाँ केही पहल भएको छैन ।’

‘अब पनि औपचारिक रुपमा सङ्घ खोलेर अघि नबढ्ने हो भने नयाँ खेलाडी कसरी उत्पादन हुन्छन् र ।,’ वेदबहादुरको भनाइ थियो । अहिले नेपालमा सीमित मात्र अल्ट्रा धावक रहेकाले यसको भविष्यका लागि नयाँ खेलाडी आउनुपर्ने तर्क उहाँको थियो । नेपालमा अल्ट्रा म्याराथनका दुई विधा छन् । पचास किलोमिटर तलको स्काई रेस र ५० देखि १६८ किमीको अल्ट्रा रन । यी दुवै विधाका पुरुष महिला गरी जम्मा १०, १२ जना मात्र वास्तविक अल्ट्रा धावक रहेको खेलाडीहरुको भनाइ छ ।

यी खेलाडी हङकङमा जतिपटक दौडन गए त्यहाँ बस्दैआएका नेपालीको उत्साह र सहयोग पाए । उनीहरुलाई लाग्नेको खर्चमा समेत उनीहरुले बेहोरिदिए । त्यहाँको एचके नेप्लिज ट्रायल एशोसिएसनमार्फत सहयोग भइराखेको छ । यो सफलतामा ट्रायल रनिङ नेपाल युकेका रिचर्ड बुल, एभरेष्ट तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनका अभियन्ता विक्रम पाँडे, वरिष्ठ धावक वैकुण्ठ मानन्धर, प्रशिक्षक पुष्पराज ओझा समेतको सहयोग रहेको उहाँहरुको भनाइ छ । पूर्णले भन्नुभयो, ‘यदि एभरेष्ट म्याराथनको अवधारणा नआएको भए हामी अल्ट्रा धावक हुने थिएनौं ।

उनीहरुको सफलतामा सेनाको पनि हात छ । उनीहरु सेनाले हरेक वर्ष गर्ने म्याराथनमा खारिएर निस्किएका हुन् भन्दा फरक नपर्ला । यसलाई पुष्टि गर्दै तीर्थले थप्नुभयो, ‘साँच्चै भन्दा हामीले सेनामा लागेपछि यो अवसर पाएका हौं । सेनाले तालिमदेखि लिएर विदाको अवसर सजिलै मिलाइदिने गरेको छ ।’

एभरेष्ट म्याराथनका अभियन्ता पाँडे नेपाल पहाडी मुलुक भएकाले अल्ट्रा म्याराथनको सम्भावना बढी भएको तर्क गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नेपालमा जति पनि धावक छन्, ती सबै ग्रामीण भूभागबाट आएका सामान्य परिवारका सदस्य छन् । तसर्थ यो खेल गरिबका छोरीछोरीका लागि प्रगतिको बाटोमा हिड्ने अवसर पनि हो ।’

अक्सफाम ट्रेल वाकर’का विजेताहरु पूर्ण धादिङ, भीमबहादुर गोरखा, वेदबहादुर रामेछाप र तीर्थबहादुर भोजपुरको ग्रामीण भूभागका सामान्य परिवारका सदस्य हुन् भन्ने तथ्यले यसको पुष्टि पनि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक