
अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दाको पेशी बुझ्न बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुँदै । तस्बिर ःकालिका खड्का, रासस
काठमाडौँ, १६ मङ्सिर । सर्वोच्च अदालतले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेसी आगामी पुस ७ गतेका लागि सारेको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरीप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगन नगर्ने गरी पेसी सार्ने आदेश दिएको हो । कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले स्वास्थ्यको कारण देखाई आजको पेसी स्थगन गर्न अनुरोध गर्नुभएको थियो । आदेशमा भनिएको छ, “पूर्ण इजलासबाट सुनुवाइ हुने विवादको सन्दर्भमा सामान्यतयाः पेशी स्थगन गर्नु मनासिब नहुने भएको हुँदा अबउप्रान्त विवादका सन्दर्भमा निवेदन वा विपक्षी कुनै पनि पक्षको अनुरोधका पेसी स्थगित नगरिने ।”
त्यस्तै संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद देखिँदा यसलाई लामो समयसम्म अनिर्णयको अवस्थामा राख्न उचित नहुने र सो विषयका सम्पूर्ण निवेदन साथै राखी हेरिने आदेशमा उल्लेख छ । कार्कीले अदालतमा अपराह्न करिब ३ः४५ बजे आएर आफैँले तोकिएको पेसी बुझ्नुभएको थियो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]