भीमदत्तनगर, ५ मङ्सिर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
“चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ ।” सभापति देउवाले भन्नुभयो –“अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाले हल्ला मात्रै गरेका हुन् ।” सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताउँदै उहाँले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताउनुभयो ।
उहाँले महाधिवेशनपछि बाँकी रहेको पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने जानकारी दिनुभयो । पार्टीभित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने धारणा राख्नुभयो ।
सुदूरपश्चिमको पुल, सडक, उत्तरी नाका खोल्ने, विद्युत् आयोजनालगायतका विकास निर्माणलाई अगाडि बढाउने विषयमा आफूले पहिल गरिरहेको उहाँको भनाइ थियो । “महाकालीमा चार लेनको पक्की पुल र दोधाराचाँदनीमा सुख्खाबन्दरगाह बनाउन पहल हुँदैछ” – देउवाले भन्नुभयो ।
संविधान संशोधनपछि राजनीतिक गतिरोध अन्त्य ः देउवा

नेपाली काँग्रेस कञ्चनपुरले आइतबार भीमदत्तनगरमा अभिनन्दन गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर ः शेरबहादुर सिंह, भीमदत्तनगर, रासस
कञ्चनपुर, ४ मङ्सिर । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध अन्त्य गर्नका लागि संविधान संशोधन हुने बताउनुभएको छ ।
आज कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा आयोजित नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ३ द्वारा आयोजित स्वागत एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधनपछि सबै राजनीतिक गतिरोध अन्त्य हुने बताउनुभयो ।
संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्थानीय निकायको निर्वाचनका लागि सबै राजनीतिक दलसँग परामर्श गरी कार्य अगाडि बढाइने बताउनुभयो । “निर्वाचनपछि स्थानीय निकाय अधिकार सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो । स्थानीय निकायको निर्वाचनपछि प्रदेश र केन्द्रको निर्वाचन हुने उहाँको भनाइ थियो ।
दैजीमा रहेको छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाउनका लागि पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वन मन्त्रालयसँग सहजीकरण गरी औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान गरिने सभापति देउवाले बताउनुभयो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन