भीमदत्तनगर, ५ मङ्सिर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
“चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ ।” सभापति देउवाले भन्नुभयो –“अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाले हल्ला मात्रै गरेका हुन् ।” सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताउँदै उहाँले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताउनुभयो ।
उहाँले महाधिवेशनपछि बाँकी रहेको पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने जानकारी दिनुभयो । पार्टीभित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने धारणा राख्नुभयो ।
सुदूरपश्चिमको पुल, सडक, उत्तरी नाका खोल्ने, विद्युत् आयोजनालगायतका विकास निर्माणलाई अगाडि बढाउने विषयमा आफूले पहिल गरिरहेको उहाँको भनाइ थियो । “महाकालीमा चार लेनको पक्की पुल र दोधाराचाँदनीमा सुख्खाबन्दरगाह बनाउन पहल हुँदैछ” – देउवाले भन्नुभयो ।
संविधान संशोधनपछि राजनीतिक गतिरोध अन्त्य ः देउवा

नेपाली काँग्रेस कञ्चनपुरले आइतबार भीमदत्तनगरमा अभिनन्दन गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर ः शेरबहादुर सिंह, भीमदत्तनगर, रासस
कञ्चनपुर, ४ मङ्सिर । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध अन्त्य गर्नका लागि संविधान संशोधन हुने बताउनुभएको छ ।
आज कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा आयोजित नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ३ द्वारा आयोजित स्वागत एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधनपछि सबै राजनीतिक गतिरोध अन्त्य हुने बताउनुभयो ।
संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्थानीय निकायको निर्वाचनका लागि सबै राजनीतिक दलसँग परामर्श गरी कार्य अगाडि बढाइने बताउनुभयो । “निर्वाचनपछि स्थानीय निकाय अधिकार सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो । स्थानीय निकायको निर्वाचनपछि प्रदेश र केन्द्रको निर्वाचन हुने उहाँको भनाइ थियो ।
दैजीमा रहेको छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाउनका लागि पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वन मन्त्रालयसँग सहजीकरण गरी औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान गरिने सभापति देउवाले बताउनुभयो ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल