काठमाडौँ, ५ मङ्सिर । व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गर्नुभयो ।
तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत सङ्कलन गर्न उहाँहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । पहिलो किस्ता बापतको रकम समेत पीडितले नपाएको भन्दै उहाँहरुले पुनःनिर्माणको काम कारबाही प्रभावकारी हुन नसकेको दुखेसो पोख्नुभयो ।
यस्तै भारत सरकारले भारु पाँच सय र एक हजारमा प्रतिबन्ध लगाएपछि त्यसले नेपाली बजारमा समेत प्रभाव पारेकाले तत्काल समस्या समाधान गनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
उहाँहरुले चिनियाँ लगानीमा कोटेश्वर–कलङ्की सडक खण्ड निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासी प्रभावित भएको र धुलोका कारण सहज रुपमा जीवनयापन गर्न समेत कठिनाइ भएको बताउँदै विभागीय मन्त्रीलाई स्थलगत अवलोकनमा जान आग्रह गर्नुभयो ।
यसरी धारणा राख्नेमा श्यामकुमार श्रेष्ठ (रामेछाप), सुशीला नेपाल, सकलदेव सुतिहार, सीता नेपाली, सुरेन्द्रराज आचार्य, ज्ञानकुमारी छन्त्या ललगायत हुनुहुन्थ्यो ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ