विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्ने मुख्य उद्देश्यका साथ सरकार गृहकार्य गरिरहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ को विराटनगरमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता हुने जानकारी गराउनुभयो ।
मुलुकका सबै असन्तुष्ट पक्षलाई समटेर अगाडि बढ्नुपर्ने चर्चा गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेस, पहाड र हिमालका जनतालाई एक्यवद्ध गर्नुपर्ने कार्यमा पार्टीका कार्यकर्तालाई अग्रणी भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
गरिबको निम्ति जनताको पेन्सन कार्यक्रम, बेरोजगार युवाका लागि रोजगारलगायतका कार्यक्रम सरकार ल्याउन लागेको जानकारी गराउँदै उहाँले विकासका लागि सुशासन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
कुनै समुदायलाई ‘काखा’ र कसैलाई ‘पाखा’ लगाउने राष्ट्रवादको नाराबाट कार्यकर्ता सचेत रहन आग्रह गर्दै प्रधानमन्त्री दाहालले सबैलाई एउटै मालामा उनेर अगाडि बढ्ने राष्ट्रवादको पक्षमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।
आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै छिमेकीसँग सुमधुर सम्बन्धलाई अझ मजबुत पारी अगाडि बढ्नु पर्ने उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सामाजिक सञ्चालको झुठो प्रचारबाट भ्रमित नहुन कार्यकर्तालाई सुझाव दिनुभयो ।
छिमेकी मुलुकको आर्थिक विकासबाट लाभान्वित हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै हालै भारत भ्रमणको अवसरमा मुलुकको विकासमा गति दिनका लागि हुलाकी राजमार्गको विषयमा सहमति गरेको जानकारी गराउनुभयो ।
उहाँले हालै भारतका राष्ट्रपतिको भ्रमण सम्पन्न भएको र निकट भविष्यमै चीनको राष्ट्रपतिको भ्रमण हुने तथा नेपालको राष्ट्रपतिको आगामी दिनमा भारत भ्रमण हुने जानकारी गराउनुभयो ।
राष्ट्रिय गौरव र ठूला योजनालाई छिटो सम्पन्न गर्न निर्देश दिएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राम्रो काम गर्ने कर्मचारी पुरस्कृत हुने र नराम्रो काम गर्ने कर्मचारी कारबाहीमा पर्ने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय गौरव र ठूला आयोजनाको काममा ढिलासुस्ती देखिएकाले आफूले स्थलगत निरीक्षण र अवलोकन सुरु गरेको उल्लेख गर्दै उहाँले यस विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य पदाधिकारीलाई समस्याको विषयमा जानकारी गराउनु र समयमै काम सम्पन गराउने वातावरण तयार पार्न निर्देशन दिएको बताउनुभयो ।
मुलुकको नेतृत्व गर्ने अभिभारा आफ्नो पार्टीको काँधमा रहेको चर्चा गर्दै उहाँले पार्टीको सङ्गठनलाई बलियो बनाउन कार्यकर्तालाई आह्वान गर्नुभयो ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल