
आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चनापछि बिहीबार त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा भारतका राष्ट्रपति प्रणव मुखर्जीद्वारा व्यक्त उद्गार । तस्बिर ः नारायण न्यौपाने, रासस
काठमाडौँ, १८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभयो ।
राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गर्नुभयो ।
उहाँले गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको पूजाअर्चना गर्नुभयो । उहाँले शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गर्नुभयो ।
त्यसअघि उहाँले सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गर्नुभएको थियो । साथै उहाँले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गर्नुभयो ।
राष्ट्रपति मुखर्जीलाई पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सोही मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डन तथा कोषका अन्य पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति मुखर्जी मन्दिरको मूलद्वारबाट प्रवेश गरेपछि गार्गी कन्या गुरुकुलका छात्रा र वेदविद्याश्रमका बटुकले स्वस्ति बाचन गरेका थिए भने हाकुपटासीको पहिरनमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए । साथै मन्दिर परिसरमा एकत्रित भएका नरनारीले राष्ट्रपति मुखर्जीको स्वागत गरेका थिए ।
राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान गर्नुभयो भने कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री शाहीले कोषका तर्फबाट राष्टपति मुखर्जीलाई स्नेहोपहार प्रदान गर्नुभयो ।
त्यसअघि राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने