राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान

भाइ पुजन एवम् टीकाको अवसरमा मङ्गलबार राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी, भाइ डेगेन्द्र पाण्डे, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेका साथमा । तस्बिर ः रत्न श्रेष्ठ, रासस

भाइ पुजन एवम् टीकाको अवसरमा मङ्गलबार राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी, भाइ डेगेन्द्र पाण्डे, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेका साथमा । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभयो ।

भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिनुभएको थियो ।

साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई पूजा गर्नुभएको थियो ।

भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो– सबैको सुखशान्ति भएमात्र देशको समृद्धि हुन्छ ।

मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री