
काठमाडौँ, ११ कात्तिक । नेपालका लागि युएइका राजदूत सइद हमदान अल नाक्वीले संयुक्त अरब इमिरेट्स (दुबई)मा हुन गइरहेको ‘वल्र्ड फ्युचर इनर्जी समिट’मा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री दाहालसँगको भेटमा राजदूत नाक्वीले सन् २०१७ को जनवरी १६ मा हुने उक्त सम्मेलनबाट नेपालले ऊर्जाको क्षेत्रमा प्रशस्त लाभ लिन सक्ने बताउनुभयो । उहाँका अनुसार यो सम्मेलनमा नेपाललाई पहिलोपटक निमन्त्रणा गरिएको हो ।
प्रधानमन्त्री दाहालले निमन्त्रणाका लागि धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा नेपाल र युएइबीचको सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले दुबईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाइएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नाक्वीको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रधानमन्त्रीले दुबईमा कार्यरत नेपाली मजदुरको सेवा र सुरक्षाका विषयमा समेत राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।
राजदूत नाक्वीले दुई देशको सम्बन्धका बारेमा प्रधानमन्त्री दाहालले राख्नुभएको चासोबारे आफ्नो सरकारलाई जानकारी गराउने वचन दिनुभएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]