
काठमाडौँ, ११ कात्तिक । नेपालका लागि युएइका राजदूत सइद हमदान अल नाक्वीले संयुक्त अरब इमिरेट्स (दुबई)मा हुन गइरहेको ‘वल्र्ड फ्युचर इनर्जी समिट’मा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री दाहालसँगको भेटमा राजदूत नाक्वीले सन् २०१७ को जनवरी १६ मा हुने उक्त सम्मेलनबाट नेपालले ऊर्जाको क्षेत्रमा प्रशस्त लाभ लिन सक्ने बताउनुभयो । उहाँका अनुसार यो सम्मेलनमा नेपाललाई पहिलोपटक निमन्त्रणा गरिएको हो ।
प्रधानमन्त्री दाहालले निमन्त्रणाका लागि धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा नेपाल र युएइबीचको सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले दुबईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाइएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नाक्वीको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रधानमन्त्रीले दुबईमा कार्यरत नेपाली मजदुरको सेवा र सुरक्षाका विषयमा समेत राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।
राजदूत नाक्वीले दुई देशको सम्बन्धका बारेमा प्रधानमन्त्री दाहालले राख्नुभएको चासोबारे आफ्नो सरकारलाई जानकारी गराउने वचन दिनुभएको थियो ।
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने