काठमाडौँ, ११ कात्तिक । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अख्तियार प्रमुखका विरुद्ध ल्याइएको महाअभियोग प्रस्तावबारेमा पार्टी बैठकपछि निर्णय लिइने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले सो विषय अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्न आवश्यक नभएको बरु संविधान कार्यान्वयन गरी निर्धारित समयमा चुनाव सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
भूकम्पबाट प्रभावित जनतालाई राहत तथा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणमा लाग्नुपर्ने बेला दलहरु अन्य विषयमा अल्मलिन नहुने उहाँको भनाइ थियो ।
नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले महाअभियोग प्रस्तावले दलहरुबीच नयाँ एकता कायम हुने विश्वास व्यक्त गर्दै त्यो एकताले देशमा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “सो प्रस्ताव पारित गराउन काँग्रेसले सहयोग गर्छ ।”
नेपाली काँग्रेसका नेता दीपक खड्काले महाअभियोग प्रस्तावमा रहस्य लुकेको आशङ्का व्यक्त गर्दै महाअभियोग सिफारिस समितिको निर्णयपछि त्यसबारे पार्टीले धारणा सार्वजनिक गर्ने बताउनुभयो ।
महाअभियोग सिफारिस समितिमा सदस्य समेत रहनुभएका राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीका अध्यक्ष विदेश भ्रमणबाट फर्केपछि बस्ने बैठकले प्रस्तावको पक्ष तथा विपक्षमा मतदान गर्नेबारे निर्णय लिने जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले प्रस्ताव ल्याउँदा केही प्राविधिक त्रुटि भएको स्वीकार्दै सो प्रस्ताव कसले ल्यायो भन्दा पनि प्रस्तावमा के छ ? भन्ने विषय महत्वपूर्ण हुने बताउनुभयो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]