
प्रधामन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा छलफल गर्दै । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, १० कात्तिक । प्रमुख तीन दलका शीर्ष नेताबीच महाअभियोगको प्रस्ताव, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) का तीन शीर्ष नेताबीच व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो ।
संविधान संशोधन नगरी संविधान कार्यान्वयन गर्न सजिलो छैन भन्ने विषयमा र संशोधनका लागि मधेस केन्द्रित दलसँग कुरा गर्नुपर्ने विषयमा छलफल भएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभयो ।
बैठकमा महाअभियोगका सम्बन्धमा पनि छलफल भएको जानकारी दिँदै सभापति देउवाले भन्नुभयो, “महाअभियोगका सम्बन्धमा काँग्रेसले कुनै निर्णय गरिसकेको छैन । महाअभियोगको प्रस्ताव सम्बन्धीत समितिबाट प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने हाम्रो धारणा हो ।” बैठकमा सभापति देउवा र अध्यक्ष ओलीका साथै प्रधानमन्त्री एवम् (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।
गत साता माओवादी केन्द्र र एमालेका १५७ जना सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय