
काठमाडौं, ९ कात्तिक । आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा प्रकाशशरण महत भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
सो बैठकमा नेपालका तर्फबाट मन्त्री डा महत र भारतका तर्फबाट विदेशमन्त्री सुषमा स्वराजले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा सो बैठकमा छलफल हुनेछ ।
नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा महतले बताउनुभयो । मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक