
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, अर्थ, गृह, ऊर्जालगायतका मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरुको संयुक्त बैठकलाई निर्देशन दिनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)को समग्र विकास एवम् प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायत, सङ्घीय मामिला तथा स्थानीय विकास, अर्थ, गृह र ऊर्जा लगायतका मन्त्रालयका सचिव तथा उच्चस्तरीय कर्मचारीको संयुक्त बैठकलाई आज निर्देशन दिँदै उहाँले भन्नुभयो — एकीकृत र समन्वयात्मक कामले मात्र परिणाम निकाल्न सकिन्छ ।
प्रधानमन्त्री दाहालले खानेपानीले गरेको काम विद्युत् प्राधिकरणलाई जानकारी हुँदैन, भौतिकले गरेको काम स्थानीयलाई थाहा हुँदैन, यसरी एउटा मन्त्रालय वा निकायले गरेको काम अर्को निकायलाई थाहा हुँदैन, यसले कसरी परिणाम निकाल्न सकिन्छ भन्ने प्रश्न गर्दै परिणाम निकाल्न एकीकृत र समन्वयात्मक रुपमा काम गर्न ती निकायलाई आग्रह गर्नुभएको उहाँका निजी सचिवालयले जनाएको छ ।
“गैरकानुनी राज्यले कानुनी राज्यलाई कमजोर बनाउँदै लगेको छ, यसलाई अन्त्य गर्न नयाँ सङ्कल्पको आवश्यकता रहेको छ, म विचार गर्छु हाम्रो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दबाब छ, इमान्दारहरुमाथि तरबार झुन्डिएको महसुस हुन्छ”, उहाँले भन्नुभयो ।
प्रम दाहालले केही काम गर्न खोज्यो, विभिन्न खालको अवरोध र दबाब आउने गर्छ भन्दै यसका विरुद्धमा लड्न दृढ सङ्कल्पका साथ कानुनी राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रम दाहालले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डीलाई मर्मत गर्न, खानेपानी, सडक पूर्वाधार निर्माणमा समन्वय रुपमा काम गर्न निर्देशन पनि दिनुभएकोे प्रम दाहालका निजी सचिवालयले जनाएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायतमन्त्री रमेश लेखक र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आ–आफ्नो मन्त्रालयको प्रगतिका वारेमा जानकारी गराउनुभएको थियो ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग