भक्तपुर, ६ कात्तिक । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव कुनै षड्यन्त्र नभई षड्यन्त्रविरुद्धको प्रस्ताव भएको बताउनुभएको छ ।
आज भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेको संयुक्त विद्यार्थी सङ्गठनको टोलीको कार्कीविरुद्धको प्रस्ताव पास गराउन दबाब दिने उद्देश्यले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रुपमा नहेर्न आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेसतर्फ लक्षित गर्दै ओलीले भन्नुभयो, “महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रुपमा हेर्नु हुँदैन, लोकमानले अख्तियारबाटै समानान्तर सरकार चलाउन थालेपछि त्यो षड्यन्त्रकाविरुद्ध ल्याइएको प्रस्ताव हो ।”
अख्तियारमा बसेर कर्मचारीतन्त्र चलाएको बताउँदै उहाँले कर्मचारीलाई १३ पन्ने फाराम भराइदिन्छु, मुद्दा लगाइदिन्छु भन्दै तर्साउने र सुरक्षा संयन्त्र होस् अथवा अरुलाई पङ्गु बनाउने काम गरेको उहाँको भनाइ थियो ।
ओलीले संसद्मा ‘ब्याक गिअर’ नभएकाले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुको विकल्प नरहेको तर्क राख्दै प्रस्ताव धेरै सोच विचार र अरु दलसँग पनि छलफल गरेर ल्याइएकाले प्रस्ताव पास गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो ।
प्रस्ताव पेस गर्न जति आवश्यक सङ्ख्या थियो त्यति सांसदको मात्र हस्ताक्षर रहेको बताउँदै उहाँले प्रस्तावमा आफ्नो पनि हस्ताक्षर नरहेको बताउनुभयो । कुन पार्टीमा कसको हस्ताक्षर भयो कि भएन भनेर केलाउन नहुने बताउँदै उहाँले एमालेले पनि यसलाई संस्थागत निर्णय गरेर नल्याएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “प्रस्ताव लैजान जतिको हस्ताक्षर आवश्यक थियो, त्यति भयो, त्यसैले मैले पनि हस्ताक्षर गरेको छैन, तर एमाले यो प्रस्तावको पक्षमा उभिन्छ, अरु दल हस्ताक्षरको कुरा उठाउनुभन्दा प्रस्तावका पक्षमा अगाडि आउनुपर्छ ।”
अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारेमा आफ्नो मन्त्रिपरिषद्मा पनि पटक–पटक कुरा उठेको चर्चा गर्दै उहाँले त्यतिखेर पनि यसबारेमा अरु दलसँग पटक–पटक छलफल भएको बताउनुभयो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी