
काठमाडौँ, ६ कात्तिक । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघि र विश्वरुपा मन्दिर परिसरमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
वाग्मती सफाइ महाअभियानका नेतृत्वकर्ता लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डन, पूर्वसचिव किशोर थापा, पूर्वराजदूत महेश मास्के, जीवन विज्ञानका एलपी भानु शर्मा लगायत व्यक्तित्वको सफाइमा सक्रियता थियो ।
रुद्रमती सफाइको १३९ औँ हप्तामा आज रातोपुल–सेतोपुल–रुद्रनगर– रातोपुलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइमा वातावरण संरक्षण अभियान, महानगरपालिकाका ९ र ३३ नं वडा कार्यालयका कर्मचारी, नेपाल प्रहरी, वेलकेयर अस्पताल लगायत संस्थाको सहभागिता थियो । समाजले गौशाला– कमलपोखरी सडक फोहरमुक्त घोषणा गरी दैनिक अनुगमन गरिरहेको छ ।
तिहारपछि फोहरमुक्त सडक विस्तार गरी सफाइ कर्मचारीको पनि व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “तिहारपछि कालोपुल–सानोगौचरण– ज्ञानेश्वर सडकलाई पनि फोहरमुक्त घोषणा गरी सफा गर्न कम्तीमा दुई जना कर्मचारी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ”– गिरीले भन्नुभयो ।
विष्णुमती सफाइको १३१ औँ हप्तामा आज कालीमाटी तरकारी बजार र टेकुपुलस्थित धौखेल चौरमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो । कालीमाटी तरकारी बजारको सफाइमा वाग्मती सफाइको एक समूहले समेत सहयोग गरेको थियो । विगतका चार हप्ता वाग्मती सफाइ महाअभियानले सो तरकारी बजार सफाइ गर्दैआएको थियो । शनिबार साप्ताहिक सफाइपछि दुर्गन्धित तरकारी बजार सफा देखिएको छ ।
नख्खुखोला सफाइको ६३ औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ महतोमार्गमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानका संयोजक बलुदेव पाण्डेले बताउनुभयो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेप्से म्याक प्रालिलगायत संस्थाको सहभागिता थियो ।
यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकलबारी टोल सुधार समितिले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गतेदेखि निरन्तर रुपमा वाग्मती र यसका सहायक नदीको सफाइ हुँदै आएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक