काठमाडौँ, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा सत्ता साझेदार नेपाली काँग्रेससँग सहयोग माग्ने भएको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रको कार्यालयको बैठकमा महाअभियोगबारे काँग्रेससँग थप छलफल गरेर निर्णय लिने सहमति भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
भारतको गोवामा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) र ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले जनाउनुभएको सहभागिता उपलब्धिमूलक भएको माओवादी केन्द्रको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले बताउनुभयो ।
उहाँले भन्नुभयो – “आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनुभयो । चीन, भारत, भुटान, श्रीलङ्कालगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँगको आफ्नो भेट र छलफलबारे बैठकलाई जानकारी गराउनुभयो ।”
ती भेट तथा छलफल निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ ।
नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमुखबीच भएको त्रिपक्षीय आकस्मिक भेटवार्ता नेपालका लागि सुखद संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
सो भेटवार्तामा त्रिदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दूरगामी महत्वको भएको बैठकले ठहर गरेको छ ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम