
काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा सम्पन्न ब्रिक्स–बिम्स्टेक विस्तारित बैठकबारे आज विहान आफ्नो दल नेकपा (माओवादी केन्द्र) संसदीय दलमा जानकारी गराउनुभएको छ ।
गत असोज २९ देखि यही कात्तिक १ गतेसम्म भएको सम्मेलनमा नेपालले खेलेको भूमिका, छिमेकी मुलुक चीन र भारतका सरकार प्रमुखसँगको भेटबारे जानकारी गराउनुभएको हो ।
सो दलका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले गोवा सम्मेलन र त्यसबारे उठेका विभिन्न टिप्पणीबारे स्पष्ट पार्नुभएको पत्रकारलाई जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाल र चीन तथा भारतका सरकार प्रमुखको संयोगवश भएको अनौपचारिक भेटलाई त्रिपक्षीय वार्ता सन्देश प्रवाह भएपछि विभिन्न टिप्पणी उठेको थियो ।
यसै सन्दर्भमा प्रधानमन्त्री दाहालले आज व्यवस्थापिका–संसद्मा सम्बोधन गर्नुहुनेछ ।
यस्तै, बैठकमा सो दलबाट सरकारमा सहभागी मन्त्रीहरुका कामबारे पनि समीक्षा भएको थियो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]