त्रिशूलीमा बस खस्दा नौ गम्भीर घाइते

 trisuli

चितवन, २ कात्तिक । काठमाडाँैबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त बसको चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । मुग्लिन–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम भइरहेकाले पटकपटक सवारी दुर्घटनाका घटना भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री