
चितवन, २ कात्तिक । काठमाडाँैबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त बसको चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । मुग्लिन–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम भइरहेकाले पटकपटक सवारी दुर्घटनाका घटना भइरहेका छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]