
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहिद सरोज कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित सविधान कार्यन्वयनका चुनौती र कांग्रेसको भूमिका बिषयक विचार गोष्ठीको उद्घाटन गदैँ । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा स्थानीय, प्रादेशिक र केन्द्रको चुनाव गर्नुपर्ने बताउनुभएको छ ।
सहिद सरोज कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा सहिद सरोज कोइराला मेमोरियल ट्रस्टले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयनका चुनौती र काँग्रेसको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो– संविधान कार्यान्वयनका लागि निर्वाचन हुन्छ, यसमा कसैले शङ्का लिनुपर्दैन् ।
सभापति देउवाले संविधान कार्यान्वयनमा विभिन्न खालका चुनौती देखिएको छ, त्यसलाई व्यवस्थापन गरी अगाडि बढ्न सक्नुपर्दछ भन्दै संविधान कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्छ बताउनुभयो ।
स्व. कोइरालालाई आफूले पहिलोपटक भारतको जोगवनीमा भेटेको स्मरण गर्दै उहाँले भन्नुभयो – कोइरालाको हत्याले मुलुकलार्ई ठूलो नोक्सानी भएको छ ।
सभापति देउवाले कोइरालाको सम्मानमा उहाँको नाममा ढल्केबर सडकको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोइरालाको विचारले स्व. कोइराला वास्तविक जननेता भएको बताउँदै कार्यकर्ता आकर्षित गर्ने खुबीका कारण उहाँ लोकप्रिय रहेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो–“अहिलेको संविधानको मूलमन्त्र संसदीय शासन हो, यसभित्र सङ्घीयता, समावेशीता गाँसिएको छ, यसलाई जोगाउन काँग्रेसले एमाले र मधेस केन्द्रित दललाई मिलाएर नेतृत्व लिनुपर्छ ।”
पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा संविधान जारी भएको बताउँदै अब यसको कार्यान्वयनका लागि मुलुकमा तीनवटा निर्वाचन गर्नुपर्ने र त्यसका लागि काँग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।
ट्रस्टका अध्यक्ष शिव लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, शान्ति तथा पुनः निर्माणमन्त्री सीतादेवी यादव, नेपाली काँग्रेसका नेताहरु प्रदीप गिरी, पिएल सिंह, शेखर कोइराला तथा सहिद कोइरालाका श्रीमती लीलाले कोइरालाले स्व. कोइराला निष्ठावान् गणतन्त्रवादी नेता भएको स्मरण गर्दै उहाँको निष्ठा तथा आदर्शलाई नयाँ पुस्ताले अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता