काठमाडौँ, २ कात्तिक । नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय हितको पक्षमा संविधान संशोधन गर्न एमाले तयार रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेता रावलले थप्नुभयो–“संविधान गतिशील दस्तावेज भएकाले संविधानमा संशोधन हुनु हुँदैन भन्ने मान्यता एमालेको छैन् । तर संविधान संशोधन गर्नुपर्छ भनेर आवाज उठाइरहेको सत्ताधारी दल र मधेसवादी दलले संविधान संशोधनको प्रस्ताव अझै अगाडि बढाएको छैन र एमालेसँग औपचारिक कुरा पनि गरेको छैन ।”
नेता रावलले सरकारले एक वर्षभित्र प्रदेश, स्थानीय निकायको निर्वाचन कार्यतालिका ल्याएमा त्यसमा एमालेले सहयोग गर्ने चर्चा गर्दै तर उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र तथा धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अघिल्लो सरकारले तीनवटै निकायको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको तर वर्तमान सरकारले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न नसकेकाले सत्तारुढ दल संविधान कार्यान्वयनप्रति गम्भीर नरहेको बताउनुभयो ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम