काठमाडौँ, २ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग माल्दिभ्सका सेनाप्रमुख अहमद सियामले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज भएको उक्त भेटमा नेपाल र माल्दिभ्सबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा नेपाली सेना र माल्दिभ्सका सेनाबीच सहयोग तथा सम्बन्धको विस्तारमा अझ वृद्धि गर्ने विषयमा छलफलसमेत छलफल भएको राष्ट्रपति कार्यालयका उपसचिव प्रल्हादप्रसाद पुडासैनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त अवसरमा माल्दिभ्सका सेनाका पदाधिकारी र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो । रासस
प्रधानमन्त्री पुष्पकमल दाहालसँग माल्दिभ्सका सेनापति अहमेद सियामले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र माल्दिभ्सबीच विगतदेखि अत्यन्तै राम्रो सम्बन्ध रहँदै आएको बताउँदै आपसी सद्भाव र भेटघाटले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको भन्दै नेपाल र माल्दिभ्सको सेनाबीच पनि लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताउनुभयो ।
सो अवसरमा माल्दिभ्सका सेनापति सियामले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको भन्दै सेना समायोजनको सफलताप्रति खुसी व्यक्त गर्नुभएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार