काठमाडौँ, २ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग माल्दिभ्सका सेनाप्रमुख अहमद सियामले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज भएको उक्त भेटमा नेपाल र माल्दिभ्सबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा नेपाली सेना र माल्दिभ्सका सेनाबीच सहयोग तथा सम्बन्धको विस्तारमा अझ वृद्धि गर्ने विषयमा छलफलसमेत छलफल भएको राष्ट्रपति कार्यालयका उपसचिव प्रल्हादप्रसाद पुडासैनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त अवसरमा माल्दिभ्सका सेनाका पदाधिकारी र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो । रासस
प्रधानमन्त्री पुष्पकमल दाहालसँग माल्दिभ्सका सेनापति अहमेद सियामले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र माल्दिभ्सबीच विगतदेखि अत्यन्तै राम्रो सम्बन्ध रहँदै आएको बताउँदै आपसी सद्भाव र भेटघाटले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको भन्दै नेपाल र माल्दिभ्सको सेनाबीच पनि लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताउनुभयो ।
सो अवसरमा माल्दिभ्सका सेनापति सियामले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको भन्दै सेना समायोजनको सफलताप्रति खुसी व्यक्त गर्नुभएको थियो ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो