
राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवम् राष्ट्रसङ्घका महासचिव बानकी मुनका ‘विकासका लागि वित्तीय नवप्रवर्तनसम्बन्धी विशेष सल्लाहकार’ प्रा डा फिलिप दुस्ट ब्लाजी राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्र्दै । साथमा नेपालका लागि फ्रान्सका राजदूत ईभ कार्मोना । तस्बिर ः शरच्चन्द्र भण्डारी, रासस
काठमाडौँ, १ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवम् राष्ट्रसङ्घका महासचिव बान की–मुनका ‘विकासका लागि वित्तीय नवप्रवत्र्तनसम्बन्धी विशेष सल्लाहकार’ प्रा डा फिलिप डुस्ट ब्लाजीले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल र राष्ट्र सङ्घबीचको सम्बन्धका साथै नेपालको सामाजिक–आर्थिक विकासमा राष्ट्र सङ्घले निर्वाह गरेको भूमिकाबारे विचारविमर्श भएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ । राष्ट्रपति भण्डारीले विश्व शान्ति स्थापना तथा नेपालको विकास प्रयासमा राष्ट्र सङ्घबाट निरन्तर प्राप्त सहयोगको सराहना गर्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका भावी महानिर्देशकका लागि फ्रान्सले आफूलाई उम्मेदवार घोषणा गरेपछि नेपालको समर्थन जुटाउन प्रा ब्लाजी नेपाल भ्रमणमा आउनुभएको हो । राष्ट्रपतिलाई उहाँले आफ्नो उम्मेदवारीबारे पनि अवगत गराउनुभएको थियो । भेटमा नेपालका लागि फ्रान्सका राजदूत इभ कारमोना, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र यहाँस्थित फ्रान्सेली राजदूतावासका उच्च अधिकारीको सहभागिता थियो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने