
काठमाडौँ, ३० असोज । नेपाली काँग्रेसका नेता डा रामशरण महतले ब्रिक्स सम्मेलनमा नेपालले द्विपक्षीय भेटवार्ता गर्ने उपयोगिताबाहेक अन्य उपलब्धि हासिल गर्न नसक्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपाल ब्रिक्सको सदस्य राष्ट्र नभएकाले पनि हामीले ठूलो अपेक्षा गर्न नहुने बताउनुभयो । ब्रिक्स सम्मेलन भारतको गोवामा भइरहेको छ ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता डा महतले नेपालले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई अझै मजबुद बनाउनुपर्नेमा जोड दिँदै नेपालको बजार भनेको नै यी दुई छिमेकी राष्ट्र भएको हुँदा द्विपक्षीय साझेदारीका विषयमा प्रधानमन्त्रीले बढी ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
चीन, नेपाल र भारतबीचको त्रिदेशीय साझेदारीको कुरामा आफूले राम्रो सम्भावना देखेको बताउँदै उहाँले भन्नुभयो – त्रिपक्षीय साझेदारीका लागि नेपाल महत्वपूर्ण करिडोर बन्नसक्छ ।
नेता डा महतले संविधानलाई लिएर असन्तुष्ट बनेको मधेस केन्द्रित दललगायत अन्य पक्षको माग पूरा गर्नका लागि सरकारले बृहत्त छलफल गर्नुपर्नेमा जोड दिँदै सरकार बनेको दुई महिना भइसक्दा पनि संविधान संशोधनबारे अहिलेसम्म काँग्रेससँग पनि छलफल नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको लामो समय भइसकेकाले पुरानो संरचनाअनुसार चाँडो निर्वाचन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल