
काठमाडौँ, ३० असोज । नेपाली सेनाको तालिम शिविर नगरकोटमा महावीर गण (रेञ्जर) र मित्रराष्ट्र अमेरिकी सेनाको बि कम्पनी, फस्ट बटालियन स्पेसल फोर्स ग्रुप (एअरबोन)बीच अभ्यास व्यालेन्स नेल १७–३०४५ सञ्चालन भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयलका अनुसार उक्त अभ्यास, विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही छाउनीस्थित महावीर गण र तालिम शिविर नगरकोटमा आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सो संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली गत बिहिबार आवश्यक तालिम सामग्रीसहित नेपाल आइपुगेको थियो । यस प्रकारको संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै सञ्चालन हुँदै आएको छ । उक्त तालिम र अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य तथा सैनिक कारबाही सञ्चालन गर्न सक्ने क्षमता अभिवृद्धिका लागि सहयोग पुग्ने निर्देशनालयले जनाएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा