इलाम, २९ असोज । इलामको दानाबारी र महमाई बीचमा रहेको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुने सातजनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवका अनुसार महमाई–१ का ७५ वर्षीय जसबहादुर राई, सोही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ का ३९ वर्षीया पवित्रा पौडेल र सोही ठाउँका ५८ वर्षीय हर्कबहादुर मगरको शव भेटिएको छ ।
यसैगरी, आज झापाको शिवगञ्ज नजिक ठेगाना नखुलेका कृष्ण घतानीको शव फेला परेको छ ।
सोही ठाउँमा नाम थर नखुलेका एक पुरुषको शव फेला परेको छ भने मोरङ मधुमल्ला–२ की छ वर्षीया अञ्जली खड्का र छ वर्षीया पुष्पा खड्काको शव फेला परेको प्रहरी उपरीक्षक यादवले बताउनुभयो ।
हालसम्मा २० महिला र १४ पुरुषको उद्धार गरिएको छ । उद्धार गरिएकाहरूले आफ्ना पति, बालबच्चा र आफन्त हराइरहेको बताएका छन् । दुर्घटनामा परी कति यात्रु बेपत्ता छन् भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा स्थानीय, जिल्ला र दानाबारीस्थित प्रहरी, झापास्थित मेची अञ्चल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका टोली खोजी कार्यमा खटिएका छन् ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह