लमजुङ (बेसीसहर), २७ असोज । देशैभरि महान् पर्व दसँैको रमझम चलिरहे पनि छिमेकी जिल्ला मनाङमा भने पर्वले खासै प्रभाव पारेको छैन । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा अधिकांशले दसैँ नमान्ने भएकाले चहलपहल नभएको हो ।
मनाङमा बसोबास गर्नेमा अधिकांश लामा, घले र गुरुङ जातिका रहेकाले उनीहरूले दसैँभन्दा ल्होसारलाई बढी प्राथमिकता दिने गर्दछन् । कुल जनसङ्ख्याको २५ प्रतिशतले मात्र मनाङमा दसैँ मान्ने गरेको बताइन्छ ।
दसँै नमाने पनि मनाङवासीले दसँैमा बलि चढाइएका पशुको आत्मा शान्तिका निम्ति पूजा गरेका छन् । दसँैमा बलि चढाइएका पशुको आत्मा शान्तिका लागि चार दिनसम्म गुम्बामा पूजा गरिएको मनाङका स्थानीयवासी विनोद गुरुङले बताए । “हामी दसँै मनाउँदैनाँै तर दसँैमा बलि चढाइएका पशुको आत्मा शान्तिका लागि पूजा गरेका छौँ”, गुरुङले भने, “मनाङ गुम्बामा लामा गुरुद्वारा चार दिनसम्म माने पूजा गरेका हाँै ।”
मनाङको कुल १३ गाविसमध्ये तिल्चे, नाचै, ताल, थोचें, घेलानचोक, ओडार र थान्चोक गाउँका बासिन्दाले दसैँ पर्व मनाउँछन् भने अन्यले ल्होसार मान्ने गर्दछन् । तर दसैँलाई परम्परादेखि नै ठूलो पर्वका रूपमा लिइएको हुनाले ल्होसार मान्नेले पनि दसैँ मान्ने र दसैँ मान्नेले पनि ल्होसार मान्ने गर्दछन् । उपल्लो मनाङमा दसैँले खासै प्रभाव नपारे पनि सदरमुकाम चामे, बगरछाप लगायतका स्थानमा भने हर्षोल्लासका साथ दसैँ मनाउने गरिन्छ । मनाङमा यतिबेला पर्यटकको चाप बढी रहेको हुँदा स्थानीयवासी दसँैभन्दा व्यवसायमा केन्द्रित रहेका छन् ।
दसैँलाई महत्व नदिए पनि लामो बिदा रहेकाले सहरबजारमा रहेका मनाङ्गी गाउँमा फर्किएका छन् । केही समयपछि जाडो बढ्दा पुनः अन्यत्रै जानुपर्ने भएकाले भेटघाट तथा मनोरञ्जनका लागि मनाङ्गीका लागि यो समय निकै राम्रो मानिन्छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो