
संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिएर आज स्वदेश उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ । तस्विरः प्रकाश सिलवाल, रासस
काठमाडौँ, २४ असोज । उपप्रधानमन्त्री कृष्णबहादुर महरा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ ।
स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनः निर्माणका सहयोगका क्षेत्रका विषयमा आफूले सम्बोधन गरेको बताउनुभयो ।
उहाँले भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराई थप सहयोगका लागि आह्वान गरिएको जनाउँदै यसबाट आपसी विश्वासको वातावरण तय भएको उल्लेख गर्नुभयो । दातृ निकायले नेपाल सरकारले भूकम्पपीडितलाई निजी आवास बनाउन दिने भनिएको थप रु एक लाख कसरी वितरण गर्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए ।
वार्षिक बैठकमा विश्वका १७९ मुलुकका प्रतिनिधि सहभागी थिए । सोक्रममा विश्व बंैक, एसियाली विकास बैंक र अन्य आर्थिक क्षेत्रका संस्थाका उच्चस्तरीय प्रतिनिधिसँग अनौपचारिक भेटवार्ता भएको थियो । भविष्यमा द्विपक्षीय छलफलबाट थप सहयोगबारे ठोस निर्णय हुने अर्थमन्त्री महराले जानकारी दिनुभयो । बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्दै उहाँ यही असोज १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
अर्थमन्त्री महराका साथ अर्थसचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, प्रमुख स्वकीय सचिव हिमाल शर्मा लगायत नेपालबाट जानुभएको थियो भने अमेरिकास्थित नेपाली दूतावासबाट चार उच्च कर्मचारीले पनि बैठकमा भाग लिनुभएको थियो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]