
काठमाडौँ, २३ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रा डा गौतमले पशु बलि दिनु शास्त्रीय विधि नै रहेको जनाउँदै शास्त्रमै उल्लेख भएकाले पशु बलि रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने दाबी गर्नुभयो ।
दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्ने भएकाले दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलिप्रथाको सुरुवात भएको डा गौतमको भनाइ थियो ।
बलिप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले शास्त्रले बलिप्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको तर्क गर्नुभयो । सदस्य सचिव टन्डनले राणा र राजाको दरबारमा बलिप्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत् भनी व्याख्या गरिएको टिप्पणी गर्नुभयो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव