
बडादसैँको नवरथाको सप्तमीका दिन हनुमानढोका दरबारस्थित दसैँघरमा शनिबार फूलपाती भित्र्याइंदै । गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै हुनमानढोकाको दसैँघर भित्रइएको हो । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २२ असोज । बडादसैँको नवरथाको सप्तमीका दिन हनुमानढोका दरबारस्थित दसैँघरमा यस वर्षका लागि आज फूलपाती भित्र्याइएको छ ।
सरकारी कर्मचारी, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक बाजागाजा, सुरक्षाकर्मीको लावा लस्करसहित जमलबाट फूलपाती हनुमानढोका ल्याइएको हो ।
प्रत्येक वर्ष फूलपातीका दिन राजकीय सम्मानका साथ फूलपाती भित्र्याइने परम्पराअनुसार सो अवसरमा गुर्जुको पल्टनले तोप पड्काएको थियो ।
कार्यालयका निर्देशक सरस्वती सिंहले अघिल्लो दिन हनुमानढोकाका केही प्रतिनिधिलाई फूलपाती लिन धादिङको जीवनपुर पठाइएको जानकारी दिँदै उनीहरूले आज बिहान आँप, चाँप, धानको बाला, रङ्गीचङ्गी फूल, असुरोको पात, बेलको पातसहित फूलपाती जमल ल्याएको बताउनुभयो ।
हनुमानढोकाबाट फूलपाती लिन धादिङ गएका प्रतिनिधिले अघिल्लो दिन राति त्यहाँ बोका, भेडालाई बलि दिएर परम्परागतरूपमा भोज खाएपछि फूलपाती काठमाडौँमा ल्याउने परम्परा छ ।
मल्लकालीन समयदेखि चल्दै आएको फूलपाती भित्र्याउने सो परम्परालाई आधुनिक नेपालको विकास भएपछि शाहवंशीय शासनकालमा निरन्तरता दिँदै गोर्खाबाट समेत फूलपाती ल्याएर दसैँ घरमा मिसाउने गरिएकोमा अहिले पनि सोही परम्परालाई कायम गरिएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक