
भक्तपुर, २२ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस मध्यपुरथिमि नगरसमितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले भन्नुभयो – “संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नु पर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ ।”
उहाँले देशको समृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
सो अवसरमा सांसदद्वय रामेश्वर ढुङ्गेल र डा मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेविसङ्घ अध्यक्ष नैनसिंह महर, नेपाली काँग्रेस मध्यपुर सभापति सुरेन्द्र श्रेष्ठलगायतले समयमै निर्वाचन सम्पन्न गरेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा २०४२ सालमा काँग्रेसले सुरु गरेको सत्याग्रह आन्दोलनमा मध्यपुरथिमि क्षेत्रबाट सहभागी भएर सत्याग्रह गर्ने २७ जना काँग्रेस सदस्यलाई देउवाले सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने