
समयसीमाभित्रै तीन तहकै निर्वाचन हुन्छ ः देउवा
भक्तपुर, २२ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस मध्यपुरथिमि नगरसमितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले भन्नुभयो – “संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नु पर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ ।”
उहाँले देशको समृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
सो अवसरमा सांसदद्वय रामेश्वर ढुङ्गेल र डा मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेविसङ्घ अध्यक्ष नैनसिंह महर, नेपाली काँग्रेस मध्यपुर सभापति सुरेन्द्र श्रेष्ठलगायतले समयमै निर्वाचन सम्पन्न गरेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा २०४२ सालमा काँग्रेसले सुरु गरेको सत्याग्रह आन्दोलनमा मध्यपुरथिमि क्षेत्रबाट सहभागी भएर सत्याग्रह गर्ने २७ जना काँग्रेस सदस्यलाई देउवाले सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने