
सार्क सम्मेलन स्थगनबारे नेपाललाई जानकारी
काठमाडौँ, १६ असोज । पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९औँ शिखर सम्मेलन आगामी कात्तिक २४ र २५ गते स्थगित गरेको आज परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सम्मेलन स्थगित भएकामा चिन्ता व्यक्त गरेको छ ।
सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्कका सदस्य राष्ट्रलाई चाँडोभन्दा चाँडो सम्मेलनको वातावरण बनाउन आग्रह गरेको छ । यस क्षेत्रमा देखापरेको आतङ्कवाद तथा सिमापार आतङ्कलाई नियन्त्रण गरी शान्ति, स्थायित्व कायम गर्न, क्षेत्रीय सहयोग अर्थपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।
नेपालले विश्वव्यापी रुपमा आतङ्कवादविरुद्ध भएका गतिविधिप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभित्र कुनै पनि आतङ्कवादलाई प्रश्रय नदिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत असोज २ गते कास्मिरमा तथा त्यस क्षेत्रमा भारतीय सेनामाथि भएको हमला तथा त्यसबाट मारिएका सेनाप्रति नेपालले दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई