
काठमाडौँ, ५ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ–श्रीलङ्का (कोलम्बो) सीधा उडान सुरु गर्ने भएको छ ।
आगामी असोज १५ अर्थात अक्टोवर १ देखि दोस्रो गन्तव्यका रुपमा कोलम्बो उडान भर्ने तयारी भएको हिमालय एयरलाइन्सका वाणिज्य महाप्रबन्धक राजु केसीले राससलाई जानकारी दिनुभयो ।
व्यापार प्रवद्र्धन मात्र नभई श्रीलङ्काबाट बढी पर्यटन भित्र्याउने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो ।
हिमालयले हप्ताको तीन दिन प्रत्येक मङ्गलबार, बिहीबार र शनिबर कोलम्बोमा उडान भर्नेछ । उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११.३० बजे उड्ने र दिउँसो ३.१५ बजे कोलम्बोमा अवतरण हुनेछ भने अपरान्ह्र ४.१५ मा कोलम्बोबाट उडेर बेलुकी ८.१५ बजे काठमाडौँ आइपुग्नेछ ।
हिमालय एयरको एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाइन भएको जहाजले यसअघि कतारको दोहामा दैनिक उडान भर्दै आएको थियो । हिमालयका दुई गन्तव्य भएका छन् ।
सन् २०१६ भित्रै पाँच गन्तव्यमा उडान भर्ने तयारी गरेको एयरलाइन्सले भारतको नयाँदिल्ली, साउदी अरबको दमाम र वर्मामा उडान सुरु गर्नेछ । अर्को वर्ष चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ ।
हाल १५८ सिट क्षमताको एक मात्र एयरबस रहेको हिमालयले आगामी अक्टोबरभित्र थप अर्को एयर बस भित्र्याई नयाँ गन्तव्यमा उडान भर्ने महाप्रबन्धक केसीले बताउनुभयो ।
कम्पनीले काठमाडौँ–कोलम्बो रुटमा इकोनोमिकमा एकतर्फी भाडा रु २९ हजार १९१ र दुईतर्फी रु ५० हजार ४१ तोकिएको छ, भने विजनेश क्लासको टिकट दर एकतर्फी रु ३९ हजार ३१९ र दुईतर्फी रु ८२ हजार २८१ निर्धारण गरेको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा