
बार्सिलोना । युरोपमा सामाजिक, पत्रकारिता र संगीत क्षेत्रमा योगदान पुरयाउने तीन व्यक्तित्व सम्मानित भएका छन् । सोमबार स्पेनको
बार्सिलोनामा एक समारोहबीच बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप संयोजक कुल आचार्य र बांसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन् ।
युरोपबाट सञ्चालित नेपालीनेपाली डटकमले आफ्नो दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा उनीहरुलाई सम्मान गरेको हो ।
सन् १९७९ देखि झन्डै २७ वर्ष बीबीसी नेपाली सेवा, लन्डनमा काम गरेर अवकास लिएका वरिष्ठ सञ्चारकर्मी नेपालीलाई कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय उपाध्यक्ष कुमार पन्तले दोसल्ला ओढाएर सम्मान गरे । नेपाली अडियो बुकका जन्मदाता पनि मानिन्छन् । सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त उनको पहिलो अडियो बुक हो । उनले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, स्वामी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध जीवन कांडा कि फूल…लाई अडियो बुकका रुपमा ल्याइसकेका छन् ।
त्यस्तै गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य युरोप वर्ष व्यक्तित्व घोषित भएका छन् । सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । सन् २००३ देखि नै संघका गतिविधिलाई नजिकवाट बुझेका आचार्य गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेको कार्यसमिति सदस्य, उपाध्यक्ष हुंदै अध्यक्ष समेत बने । उनले आइसीसी सदस्य हुंदै हाल युरोप क्षेत्रको संयोजकको जिम्मेवारी सम्हालेका छन् । एनआरएनए यूके अध्यक्ष हुंदा आचार्यले साना ठूला ६२ बढि च्यारिटी कार्यक्रम गरेका थिए ।
उता, ५ वर्ष देखि स्पेन बस्दै आएका चर्चित बांसुरी बाधक कटुवालले बासुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाएका छन् । बार्सिलोनामा खोलिएका रासाकान र आमानान्तु ब्याण्डसंग मिलेर विदेशी संगीतमा बांसुरीको धुन मिलाउंदै उनी अनवरत संगीत यात्रामा लागि रहेका छन् ।
प्रमुख अतिथिको रुपमा बोल्दै एनआरएनए केन्द्रिय उपाध्यक्ष पन्तले मिडियासंगको सहकार्य र हातेमालो नै संघ आजको स्थानमा आएको स्मरण गरे । उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला फोरम संयोजक सपिला राजभण्डारी, सह संयोजक रजनी प्रधान, आइसीसी सदस्यहरु डा. विनय श्रेष्ठ, एकराज गिरी, एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव हिरालाल श्रेष्ठ, एनआरएनए स्वीटजरल्याण्ड युवा फोरम संयोजक अर्जुन बस्ताकोटी, जंगम खड्का लगायत स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देशका साथ भएको उक्त कार्यक्रममा एक विशेष भिडियो सामाग्री प्रस्तुत गरिएको थियो । तीन दशक देखि नेपाली अवैतानिक बाणिज्य दूतको रुपमा कार्यरत लुईस बेल्बिसले बिशेष अतिथिको रुपमा बोल्दै अन्य बेला भन्दा यो बेला नेपाल पुग्नु पर्नेमा जोड दिए ।
उक्त अवसरमा स्वीटजरल्याण्डवासी गायक सुभाष सुन्दास, संगीतकार रामु परियार लगायतका कलाकारहरुले लाईभ सांगीतिक प्रस्तुति राखेका थिए । स्थानीय कलाकारहरुले पनि बार्सिलोनालाई संगीतमय बनाएका थिए । मिडियाका प्रधान सम्पादक बसन्त रानाभाटले एनआरएन अभियन्ता लगायत युरोपका चर्चित व्यक्तित्वहरुको बाक्लो उपस्थितिले कार्यक्रम ऐतिहासिक भएको बताए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च